Share this news

सोनादाअ अ 29 जून (निसं)ःआशारिका फाउण्डेशनको आयोजनामा विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। दार्जीलिङस्थित निर्मला शिशु भवन (मिशनेरिज अफ च्यारिटी) मा आशारिका फाउण्डेशनको आयोजनामा, लायन्स क्लब अफ दार्जीलिङ र क्लिनिक अन व्हील्स, दार्जीलिङ नर्थ पोइन्ट स्कूल एलुम्नाइको सहकार्यमा एक विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा डा. सुभाष मोक्तान, डा आकांक्षा पेरिवाल, डा. दिनेश मण्डल तथा विभिन्न दक्ष प्राविधिकहरूको सक्रिय मार्गदर्शनमा बालबालिका, वृद्ध-वृद्धा तथा संस्थामा रहेका अन्य सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण पनि गरिएको थियो। कार्यक्रमको उद्देश्य समाजका विभिन्न वर्गमा स्वास्थ्य सेवा पुर्याउनु रहेको आशारिका फाउण्डेशनका सदस्य रूपेश क्षेत्रीले बताएका छन्। संस्थाका प्रतिनिधिहरूले सम्पूर्ण चिकित्सकहरू, प्राविधिक टोली तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।


Share this news
आजको रोजाइ
जीटीए क्षेत्रमा 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको सडक योजना

जीटीए क्षेत्रमा 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको सडक योजना

बंगालमा गणतन्त्र बचाउन अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ: महिला मोर्चा

बंगालमा गणतन्त्र बचाउन अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ: महिला मोर्चा

बालुवा खानीमा पुलिस चेकपोष्टको उद्घाटन

बालुवा खानीमा पुलिस चेकपोष्टको उद्घाटन

मिडल गोदकमा सार्वजनिक भवनको उद्घाटन

मिडल गोदकमा सार्वजनिक भवनको उद्घाटन

नो वार-को पोस्टर युनिस्को स्वीकृत

नो वार-को पोस्टर युनिस्को स्वीकृत

माईनरिटी सोसाइटी-द्वारा प्रतिमा राईलाई सम्बर्द्धना

माईनरिटी सोसाइटी-द्वारा प्रतिमा राईलाई सम्बर्द्धना

किराँत संघ सिङ्गबुङ डेराको सामाजिक कार्य बाटो सफाई

किराँत संघ सिङ्गबुङ डेराको सामाजिक कार्य बाटो सफाई

गोर्खा हाट समूहद्वारा असार 15 कार्यक्रम

गोर्खा हाट समूहद्वारा असार 15 कार्यक्रम

दही-चिउरा खाने पर्व पालन गर्दै धान रोप्दै कृषकहरु

दही-चिउरा खाने पर्व पालन गर्दै धान रोप्दै कृषकहरु

Oplus_131072

इटालीले ‘फ्रीज गर्‍यो प्रकाश’ — प्रकाशलाई प्रथमपटक सुपरसोलिड बनायो