अन्तरदेशीय क्यूआर कारोबारबाट एक वर्षमा डेढ अर्ब आम्दानी

Share this news

काठमाडौँ — विदेशी व्यक्तिले नेपालमा क्यूआर कोडमार्फत ५ लाख २४ हजारभन्दा बढी कारोबार गरेबापत १ अर्ब ५८ करोड ७ लाख रुपैयाँ आम्दानी भएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘२०७७ देखि २०८१ सालसम्म सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू’ विषयक प्रतिवेदनअनुसार भारतको यूपीआई तथा चीनका अलिपे प्लस, युनियन पे र विच्याटमार्फत नेपालमा भएको कारोबारमा यस्तो रकम जम्मा भएको हो ।

२०८० फागुनदेखि सुरु गरिएको ‘यूपीआई अक्वायरिङ सेवा’ (विदेशीले नेपालमा क्यूआर प्रयोग गरी तिर्ने रकम) बाट मात्रै ५ लाख १९ हजार ३१ कारोबार भएको थियो । यसबाट करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबर रकम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यो नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीसँग आबद्ध भई गरिएको कारोबार हो ।

२०८१ साउनदेखि अलिपे प्लस, युनियन पे र विच्याट प्रणालीमार्फत ५ हजार १ सय २९ वटा कारोबार भएकोमा यसबाट १० करोड १ लाखभन्दा धेरै विदेशी भुक्तानी स्वीकार भएका छन् । राष्ट्र बैंकले अक्वायरिङ (विदेशीले नेपालमा तिर्ने) सँगै अन्तरदेशीय इसुइङ (नेपालीले विदेशमा तिर्ने) कारोबारका लागि पनि सेवा प्रदायकलाई स्वीकृति प्रदान गरेको छ ।

अन्तरदेशीय एक्वायरिङ कारोबार निरन्तर वृद्धि हुँदै आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८० फागुनमा ६ हजार ८ कारोबार संख्या हुँदा १ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो । उक्त कारोबार संख्या र रुकम अर्को महिना अर्थात् २०८० चैतमा दोब्बरले वृद्धि भएको देखिन्छ ।

चैतमा क्यूआर कोड प्रयोग गरी १३ हजार ८ सय ३१ वटा एक्वायरिङ कारोबारबापत नेपाले ३ करोड २ लाख रुपैयाँ प्राप्त गरेको थियो । २०८१ भदौयता कारोबार रकम १० करोड रुपैयाँबाट लगातार बढेर असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ३१ करोड र माघमा २६ करोड रुपैयाँ अन्तरदेशीय क्यूआर कोडमार्फत नेपालमा संकलन भएको थियो ।

राष्ट्र बैंकले २०८० फागुनबाट फोनपे र यूपीआईलाई क्यूआर कोडमार्फत अन्तरदेशीय कारोबारका लागि सहकार्य गर्न स्वीकृति प्रदान गरेको थियो । क्यूआर कोडमार्फत अन्तरदेशीय पर्सन टु मर्चेन्ट (पीटुएम) कारोबारको विस्तारले विशेषतः पर्यटनसँग जोडिएका साना व्यवसायलाई लाभ पुगेको राष्ट्र बैंकले जनाउँदै आएको छ ।

अन्तरदेशीय इसुइङ कारोबारमार्फत नेपालमा कार्यरत भारतीय नागरिकहरूले भारतस्थित आफ्ना खातामा डिजिटल माध्यमबाट रकम पठाउन सक्छन् । ‘नेपालमा कार्यरत भारतीय नागरिकले विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआरमार्फत भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा जम्मा हुने गरी पारिश्रमिकबापतको रकम पठाउन सक्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘राहदानी सुविधालगायतको रकम परिवर्त्य विदेशी मुद्रा विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।’

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ