अनन्त शर्मालाई एमएससी भौतिक विज्ञानमा मिजोरम युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त

Share this news

खरसाङ, (निसं): खरसाङ निवासी अनन्त शर्माले वर्ष 2025 मा मिजोरम युनिभर्सिटीबाट एमएससीभौतिक विज्ञानमा गोल्ड मेडल प्राप्त गरेका छन्‌‍। खरसाङ्को डाउहिल रोडस्थित गुरुकुल आश्रम (खरसाङ कलेज नजिक) निवासी पिता विक्रम शर्मा दाहाल र माता नेत्रा शर्मा दाहालको सुपुत्र अनन्त शर्माले मिजोरम युनिभर्सिटीबाट यसपाली भौतिक विज्ञान विषयमा एमएससीमा युनिभर्सिटी टप गरेर मेडल जित्न सफल बनेका छन्‌‍। उनले भौतिक विज्ञानमा एमएससीमा 84.93 प्रतिशत अंक ल्याएर युनिभर्सिटी टप गर्दै गोल्ड मेडल जित्न सफल बनेका हुन्‌‍। आनन्द शर्माले दशौँ श्रेणीसम्मको पढ़ाई खरसाङ्को सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए भने एघारौँ र बाह्रौँ श्रेणीसम्मको पढ़ाई खरसाङ्को पुष्परानी उच्चत्तर माध्यमिक बिद्यालयमा गरेका थिए। उनले विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन दार्जीलिङ्को सन्त जोसेफ कलेजमा गरेका थिए। खरसाङ निवासी आनन्द शर्माको यो उपलब्धिमा सबैले बधाई टक्राएका छन्‌‍ भने उनले खरसाङ लगायत सम्पूर्ण पहाड़लाई नै गौरवान्वित तुल्याएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न