सन्त मेरिज निवासी दम्पतिको 64 औँ वैवाहिक जीवनको वर्षगाँठ कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 27 जून (निसं):अ खरसाङको सन्त मेरिज निवासी क्लेडियस योञ्जन र ईजाबेल योञ्जनले आफ्नो वैवाहिक जीवनको 64 औँ बसन्त पार गरेको अवसरमा दुवैको परिवारद्वारा 64 औँ वैवाहिक जीवनको वर्षागाँठ कार्यक्रम आयोजना गरिएको थियो। प्रथममा सन्त जोहन वर्चम्यान्स चर्चका रेभरेन्ट फादर एनड्र्यु लामा र ए सिलास लेप्चाद्वारा प्रार्थना गरियो। प्रभु येशु समक्ष दम्पत्तिको जीवनको सुखद भविष्य साथै सुस्वास्थ्य र दीर्घायुको लागि कामना गर्दै प्रार्थना दुवै धर्मगुरुद्वारा प्रार्थना गरियो। दुवैजना खरसाङको गोथल्स मेमोरियल स्कूलका शिक्षक-शिक्षिका हुन्। दुवैले तीन दशकभन्दा अधिक स्कूलमा काम गरेका थिए। दुवैको विवाह 27 जून 1962 को दिन सम्पन्न भएको थियो। दुवैको चारजना छोरीहरु र एकजना छोरा रहेका छन्। एकजना छोरा खरसाङको सन्त अल्फन्सेस विद्यालयका पूर्व शिक्षक रहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा दम्पत्तिलाई उपस्थित सबैले बधाई तथा शुभकामना व्यक्त गर्दै उपहारहरु प्रदान गरेका थिए। यस अवसरमा दुवैले 64 वर्ष कत्ति छिट्टो बितेको थाहा नभएको बताएका छन्। त्यसरी नै यति लामो समयसम्म दुवै एकसाथ रहेकोमा ईश्‍वरलाई धन्यवाद दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न