बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

Share this news

खरसाङ, (निसं)ः ग्रीन सिटी मिशन अन्तर्गत खरसाङ नगरपालिकाले कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा निर्माण गरेको हावा घर अथवा बिसाउनी घर वर्तमानमा जीर्ण बन्दै गएको छ। यो हावा घरको वरिपरि लगाइएको फाइबरको पारदर्शी ग्लास धेरै अघि फुटाइएको थियो भने यहाँको बस्ने चौकीहरू पनि अघिबाटै भत्किएको थियो, जुन वर्तमानमा यहाँ छैन। हावा घरमा लगाइएको पीभीसीको सिलिङ एकतिर उप्किएको अवस्थामा रहेको छ। हावा घरको वरिपरि लगाइएको टाइल्सहरू पनि उप्किएको अवस्थामा देखिएको छ। वर्षाकालमा पानी परेको समय अनि हिउँदोको चर्को घाममा मानिसहरूलाई बिसाउन सुविधा होस, गाड़ीको प्रतिक्ष गर्नलाई सुविधा होस भनी निर्माण गरिएको यो हावा घर यस स्थानमा आवश्यक देखिएको छ। जनसाधरणको निम्ति आवश्यक र सुविधा प्रदान गर्ने यो हावा घरलाई उपद्रवीहरूले निर्माणको केही समयपछि नै आफ्नो उपद्रवको शिकार बनाएका थिए भने वर्तमानमा समयको अन्तरालसितै जीर्ण बन्दै गइरहेको पाइएको छ। करबीया चिया बगानको ठूलो पातले, सानो पातले, मन्सीधुरा अनि अन्य गाउँका धेरै मानिस अहिले पनि पैदल हिँड़ेर खरसाङ बजार आउने गरेका छन्‌‍। पैदल बजार आएका मानिसहरू अकास्मिक वर्ष शुरु हुँदा यसै हावा घरमा ओत लाक्ने गरेको पाइएको छ। यो सड़कमा बिहानको समयमा मर्निङ वर्क गर्ने अथवा कसरत गर्नेहरू पनि धेरै आउने गरेका छन्‌‍, तिनीहरू पनि थाकेको समयमा अथवा वर्षा भएको समयमा यो हावा घरमा बस्ने गर्छन्‌‍। कतिपय पर्यटकहरू पनि यस स्थानमा गाड़ी रोकेर फोटो खिच्ने चिया बगानमा गएर फोटो खिच्ने अनि यसै हावा घरमा पसेर बिसाउने गरेका पनि गर्छन्‌‍। सबैको निम्ति आवश्यक यो हावा घरको मरम्मती गर्नु पर्ने अथवा यहाँ अझ ठूलो हावा घर निर्माण गर्नु पर्ने मानिसहरूको सुझाउ छ।


Share this news
आजको रोजाइ
दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

पार्मटी अध्नयक्ष  घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

पार्मटी अध्नयक्ष घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

गोर्खा भाषाको गलत प्रस्तुतिकरणप्रति भागोपको कडा आपत्ति

गोर्खा भाषाको गलत प्रस्तुतिकरणप्रति भागोपको कडा आपत्ति

आजको रोजाइ