टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

Share this news

खरसाङ, (निसं): खरसाङको मन्टिभियट रोडमा रहेको टासी साम्तेनलिङ गुम्बामा गत 24 नोभेम्बरदेखि आरम्भ भएको पाँच दिवसीय आर्यतारा देवी (डोल्मा) पूजा समाप्त भएको छ। शुक्रवार गुम्बामा टुल्कु रिम्पोर्छे कुनसाङ राङडोल अनि अन्य लामाहरूद्वारा बिहान 9 बजेदेखि छोक पूजा सम्पन्न गरिएको थियो। छोक पूजापछि बेलुकी चार बजेदेखि टुल्कु रिम्पोर्छे कुनसाङ राङडोलले भक्तजनलाई दिर्घायुको अभिषेक वाङ वितरण गरेका थिए। गुम्बामा खरसाङ शहर लगायत वरिपरि क्षेत्रका भक्तजनहरूको बिहानैदेखि उपस्थिति रहेको थियो। शुक्रवार वाङ वितरणको कार्यक्रम दिउँसो 130ः बजेदेखि राखिएको भए तापनि छोक पूजाको कार्यक्रम निकै लामो समयसम्म चलेकोले रिम्पोर्छेबाट बेलुकी चार बजेदेखि वाङ वितरणको कार्यक्रम आरम्भ गरिएको थियो। तामाङ बुद्धिष्ट एसोसिएशन एवं टासी साम्तेनलिङ गुम्बाको आयोजनामा सम्पन्न यस पाँच दिवसीय आर्य तारा देवी पूजा तथा डोल्मा पूजा अनि मन्त्र जप सोमवार 24 नोभेम्बरदेखि आरम्भ गरिएको थियो। तामाङ बिद्धिष्ट एसोसिएशन एवं टासी साम्तेनलिङ गुम्बाका अध्यक्ष यूएस तामाङले बताए अनुसार एसोसिएशनको सभामा लिइएको निर्णय अनुसार यो पूजाको पूर्ण सफलताको साथमा सुचारु ढंगमा सम्पन्न गरियो। यस पूजामा प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म पूजाको कार्यक्रम रहेको थियो भने साँझ 415ः देखि 5 बजेसम्म मन्त्र जपको कार्यक्रम सम्पन्न गरिएको थियो। 28 नोभेम्बरको दिन बिहान 9 बजेदेखि छोक पूजा आयोजना गरियो अनि छोक पूजापछि टुल्कु रिम्पोर्छे कुनसाङ राङडोलको बाहुलीबाट दीर्घायुको अभिषेक छे-वाङ प्रदान गरियो। युएस तामाङले गुम्बामा यसरी वर्षभर विभिन्न पूजाको आयोजना गरिने गरिएको बताउदै यो पूजा तिथि अनुसार सम्पन्न गरिएको हो भनी बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ