Ajay Edwards' passionate call in Tripura

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

Share this news

गोर्खाहरू एकवद्ध हुन पर्छ तब मात्र दिल्लीले हाम्रो कुरा सुन्नेछ।
हामी एकवद्ध हुन पर्छ तब मात्र हाम्रो आवाजलाई दिल्लीले सुन्नेछ। यो भनाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसको हो।देशको उतर पूर्वी राज्यहरूलाई एकवद्ध बनाउने आह्वान गर्दै नेशनल पीपल्स पार्टीका राष्ट्रिय अध्यक्ष कोनराड के साङमा, त्रिपूरा राज्यका महाराजा प्रद्योत विक्रम माणिक्य देव बर्मनले त्रिपूराको अगरतल्लामा एकता रैली कार्यक्रमको आयोजना गरेका थिए। यो एकता रैलीमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रुपमा उपस्थित रहेका थिए। एकता रैली कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आईजीजेएफ केन्द्रीय संयोजक अजय एडवर्डसले भारतको उतर पूर्वी राज्यहरूको हामी रैथाने बासिन्दाहरू हौं।उतर पूर्वी राज्यहरूमा धेरै प्रकारको समस्याहरू छन् तर हाम्रो समस्याहरूलाई दिल्लीले वास्ता गर्दैन। यसको मुख्य कारण हामीसंग सांसदहरूको संख्या थोरै छ। दिल्लीलाई हाम्रो मांगप्रति आकर्षण गर्नलाई हामी एकवद्ध हुनै पर्छ अनि हामी एकवद्ध भएको खण्डमा हाम्रो सांसदहरूको संख्या बढेर जानेछ। आज हामीसंग एउटा मात्र सांसद भएको कारणले गर्दा हाम्रो जातीय परिचयको समस्या, हाम्रो जमीनको हक र अधिकार आदि जस्ता समस्याहरूलाई दिल्लीले वास्ता नै गरेको छैन।दिल्लीले हाम्रो आवाज सुनेकै छैन। दिल्ली हामीदेखि टाडो भएको छ तर हामी उत्तर पूर्वी राज्यहरू एकवद्ध भएको खण्डमा दिल्लीले हाम्रो हरेक समस्याहरूको समाधान खोजी निकाल्नेछ। आउने दिनहरूमा हामी उत्तर पूर्वी राज्यहरू एकवद्ध हुनेछौं अनि हामीसंग सांसदहरूको संख्या बढनेछ।सदनमा हामीले हाम्रो क्षेत्रको समस्याहरूमाथि सरकारको ध्यान आकर्षण गर्न सक्छौं। त्रिपूरावासीको, नागाहरूको, गोर्खाहरूको, मणिपूरीहरूको एक एक समस्याहरू सदनमा उठाउनेछौं अनि हाम्रो समस्याहरूप्रति सरकारको ध्यान आकर्षण गर्न समक्ष हुने छौं।हाम्रो एकताले बलियो शक्तिको रूप धारण गर्नेछ। आजको एकता रैली कार्यक्रममा उपस्थित भएका नेतृत्वहरूसंग आ-आफ्नो क्षेत्र र जातिको भिजन छ, गोर्खा जातिको भिजन मेरोमा छ। हामी हाम्रो भिजनमाथि आज सफल नभए पनि भोलीको दिनमा अवश्यै सफल हुने छौं। हामी दार्जीलिङबासीको भिजन बंगालदेखि अलग गोर्खाल्याण्ड हो। गोर्खाहरूले आफ्नो छुट्टै राज्यको सपना विगत एक सय बर्षदेखि देख्दै आएका छन्। जति सुकै समय लागोस्। तर गोर्खाहरूले छुट्टै राज्य गोर्खाल्याण्डको सपना देख्न छोडने छैन। हामी भारतीय नागरिक हौं,भारतको संविधानले छुट्टै राज्यको मांग गर्ने हक र अधिकार दिएको छ। ग्रेटर त्रिपूरा तपाईंहरूको मांग हो, यो मागसित हामी अवगत छौ, तपाईहरूले पनि तपाईहरूको भिजनलाई यथवत राख्नोस, अन्त हुन नदिनोस,हामी जान्छौ तर हाम्रो भिजनलाई मर्न दिनु हुदैन।हाम्रो छोरा छोरी,नाता नातिहरूले छुट्टै राज्यको हाम्रो भिजनलाई अघि बडाएर लैजानेछ। हामी उतर पूर्वी राज्यका बासिन्दाहरूको मांग आ-आफ्नै प्रकारको मांग छ तर यस भन्दा ठूलो यस समय हामी एकबद्ध कसरी बन्न सक्छौं भन्ने दिशामा सोच्न पर्छ।अंग्रेजले छोडेर गएको धेरै बर्ष बितिसक्यो तर आज पनि हाम्रो आदिवासी समुदायहरूले न्याय पाएको छैन, दार्जीलिङमा धेरैवटा चिया बगानहरू छन् ती चिया बगानमा काम गर्ने श्रमिकहरूको दैनिक ज्याला धेरै कम्ति छ यति कम्ति रोजीमा घर परिवारको पालन पोषण गर्न धेरै गाह्रो पर्छ, त्यसकारण हामी उतर पूर्वी राज्यहरू एकबद्ध हुनै पर्छ।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ