दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

Share this news

खरसाङ, (निसं): खरसाङ्को एक प्रतिष्ठित नाट्य संस्था जागृति परिवारद्वारा यसको निजी भवनमा एक श्रद्धाञ्जली सभा सम्पन्न गरियो । गत 20 नोभेम्बरको दिन दिवङ्गत भएका वरिष्ठ अभिनय कलाकार, खेलाड़ी ,समाजसेवी साथै जागृति परिवारका पूर्व उपसभापति दिलीपकुमार बराइलीको स्मरणमा आयोजित यस सभाको अध्यक्षता जागृति परिवारका सभापति लछुमन गुरुङले गरेका थिए । दिवङ्गत आत्माको चीर शान्तिको कामना साथै शोकाकुल परिवारलाई यो वज्रघात सहनगर्नसक्ने शक्ति प्राप्तहोस भनी कामना गर्दै सभामा दुई मिनट मौन प्रार्थना गरियो। यस सभामा वक्ताहरुले स्व. बराइलीसितका संस्मरणहरू विस्तृत रूपमा राखेका थिए । वक्ताहरूले स्व. बराइली अति नै मिलनसार, हसिलो र सबैलाई सहयोग गर्न सधैं तत्पर रहने व्यक्ति रहेको अनि आफू खण्ड युवा अधिकारी हुँदा आफ्नो बुताले भ्यासम्म सहयोग पुऱ्याएको उल्लेख गर्दै उनको निधनले एउटा अपुरणीय क्षति भएको मन्तव्य प्रकट गरे । परिवारका मूल सचिव प्रकाश प्रधानद्वारा सञ्चालित सभामा स्व. बराइली एक असल समाजसेवी प्रखर खेलाड़ी साथै सफल अभिनय कलाकार रहेको उल्लेख गर्दै जागृति परिवारद्वारा मञ्चित पूर्णङ्की नाटकहरू न्यानो घामको स्पर्श, अमूर्त आकृतिहरू, श्रापित अनुहार, अतृप्त तृष्णा लागयात अन्य नाटकहरूमा जीवन्त अभिनय गरी सबैलाई मन्त्रमुग्ध पारेको बताए अनि सबै क्षेत्रमा योग्य र भरपर्दो व्यक्तिलाई समाजले गुमाउन परेको मन्तव्य राखे । वक्ताहरूमा जागृति परिवारका संस्थापक वरिष्ठ नाटककार पूर्ण गुरुङ निरुपम, लछुमन गुरुङ, दावा लामा, सबिता गजमेर आदि प्रमुख थिए भने सभामा वरिष्ठ नाटककार, नाट्य निर्देशक साथै कलाकारहरु प्रणाम प्रधान, विवेक राई, फुर्वा तामाङ, सञ्जय प्रधान, केवल सुब्बा लगायत अन्यहरूको उपस्थिति रहेको थियेो ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ