बिना अनुमति आफ्नो नाम फेसबुक पेजमा हालेकोमा आपत्ति

Share this news

पङ्खाबारी, 24 जुलाई (निस)ः दार्जीलिङ्को एउटा फेसबुक पेजका एडमिन जयन्त हल्दारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रोहिणी ब्लकका सचिव उत्तम मुखिया अनि सगस्य शरण प्रधानलाई तिनीहरूको कुना सल्लाह अनि अनुमति नलिइ उनको फेसबुक पेजमा बीआरजेडी (राष्ट्रिय जनता भाजपा) को प्रतिनिधि भन्दै शरण प्रधान खरसाङ विधानसभा अध्यक्ष अनि उत्तम मुखियालाई दार्जीलिङ श्रमिक मोर्चा एडमिन भनी पोस्ट गरेको सन्दर्भमा भागोप्रमोका दुवै प्रतिनिधिहरूले आपत्ति जनाउँदै उक्त पोस्टलाई झट्ट हटाउने अन्यथा उक्त पेजका एडमिन जयन्त हल्दारमाथि कानुनी कार्वाही गर्ने चेताउनी दिएका छन्‌‍। तिनीहरूले पत्रकारहरूलाई यसबारे अवगत गराउँदै उक्त फेसबुक पेजका एडमिन हल्दारले कुन उद्देश्य अनि कसको कुरामा तिनीहरूको नाम उनको पेजमा प्रयोग गरे भन्ने कुराको खुलासा गर्नुपर्ने बताउँदै उनको त्यो दावी अनि पोस्ट पूर्ण रुपले भ्रामक अनि मिथ्या रहेको बताएका छन्‌‍। पार्टीका दुइ प्रतिनिधिहरूसँग रोहिणी ब्लक अध्यक्ष दिपक तामाङ, बिसान गोले, रोहिणी नारी शक्ति प्रतिनिधि तथा ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा राई आदि पनि उपस्थित थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान