Two girls were safely rescued

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

Share this news

पंखाबारी, (निसं): पहाड़का दुइजना बालिकालाई सामाजिक सञ्जालबाट फसाएर मधेसका दुइजना विवाहित पुरुषले भगाउन लागेको अवस्थामा खोजी अभियान चलाएर सुरक्षित उद्धार गर्न सकिएको जानकारी प्राप्त भएको छ। गाड़ीधुरा पुलिसको सहयोग अनि भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल अनि लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाको पूर्ण सक्रियतामा पोख्रेबुङ्की दुईजना 19 वर्षीय बालिकालाई 34-35 वर्षका विवाहित पुरुषहरूले भगाउन लागेको अवस्थाबाट उद्धार गर्न सकिएको जानकारी प्राप्त भएको छ। यसबारे जानकारी गराउँदै अनुप गदालले बताए अनुसार पोख्रेबुङ्की 19 वर्षीय दुइजना बालिकालाई सामाजिक सञ्जालबाट विवाहित मधेसका पुरुषहरूले फसाएर भगाउन लागेका थिए। यसबारे तिनीहरूले थाहा पाएपछि गाड़ीधुरा पुलिसको पूर्ण सहयोगमा लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामा अनि तिनले प्रायः दिनभरि धेरै सङ्घर्ष गरेपछि ती बालिकाहरूलाई सुरक्षित उद्धार गरेर आइतवार राती प्रायः आठ बजीतिर तिनीहरूका परिवारलाई सुम्पिए। गदालले यसप्रति विशेषगरी पहाड़का युवा पिँढ़ीलाई सचेत रहने आग्रह गर्दै अभिभावकहरूले पनि आफ्ना नानीहरूको क्रियाकलापबारे जानकारी लिनुपर्ने बताए। तिनले गाड़ीधुरा पुलिस लगायत सहयोगी सबैप्रति आभार प्रकट गरे। सेमिका लामाले पनि हाम्रा नानीहरू अनि अभिभावकहरू मोबाइल फोनमा मात्र व्यस्त रहन्छन्‌‍ औ आफ्ना छोरा-छोरीको दैनिक क्रियाकलापबारे उचित जानकारी लिँदैनन्‌‍ भन्दै सामाजिक सञ्जाल मार्फत हुने अपराधबारे पनि जानकारी लिने औ सचेत रहने अनुरोध गरिन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान