दार्जीलिङ,19 नोभेम्बर(निसं): बनगोपेक्स-2025 10औं राज्यस्तरीय फिलाटेलिक प्रदर्शनीमा भाग लिएका दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स-2025 पदक जिते।

बनगोपेक्स-2025 गत 14 नोभेम्बरदेखि 17 नोभेम्बरसम्म कोलकाताको साइन्स सिटी-मा आयोजना गरिएको चार दिने प्रदर्शनी थियो। प्रदर्शनीमा राज्यभरका धेरै हुलाक टिकट सङ्कलकहरूको सहभागिता, विभिन्न विशेष आवरणहरूको विमोचन, विद्यार्थीहरूका लागि पत्र लेखन, चित्रकला र क्विज प्रतियोगिताहरू देखिए।विवेक योञ्जन
ले आफ्नो संग्रह कोर्डोफोन संगीतको तारयुक्त तत्वको लागि दार्जीलिङको समूहमा सबैभन्दा उच्च भर्मिल पदक जिते, उदयमणी प्रधानले रोटरी र माउन्टेनमा आफ्नो प्रदर्शनीको लागि क्रमशः ठूलो रजत र रजत पदक जिते।एकल फ्रेम श्रेणी अन्तर्गत आनन्द योञ्जन, सुशील कार्थक र निलिमा योञ्जनलाई क्रमश 56 अंक, 44 अंक र 63 अंक प्राप्त गरेका थिए।।
दार्जिलिङको नर्थ पोइन्ट एकेडेमी र विद्या विकास एकेडेमीका विद्यार्थीहरू एकश्रय तामाङ, सुमिरन तिरुवा, सुदर्शन राई, न्यान्सी गुरुङले भाग लिए र आफ्नो एकल फ्रेम प्रदर्शनीको लागि प्रमाणपत्र जिते।
यो राज्य सर्कल प्रतियोगिता 6 वर्षपछि आयोजना हुँदैछ, अन्तिम गत 2019 सालमा एला चलो रे थियो। हामी नतिजाबाट खुसी छौंविवेकले भनेका छ।समय समयमा आयोजना हुने यी प्रतियोगिताहरू र पुरस्कारहरूले टिकट उत्साहीहरूलाई, विशेष गरी विद्यार्थीहरूलाई राम्रो गर्न र बौद्धिक शौकको राजा फिलाटेली-लाई जीवित राख्न प्रोत्साहित गर्दछन्’ उनले थपे।











