Binay Tamang to statement
Binay Tamang to statement

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

Share this news

आसामका भास्कर दाहालले एक सार्वजनिक कार्यक्रममा लिम्बू र तामाङ समुदायको विरुद्धमा दिएको घोर आपत्तिजनक, विभेदकारी र अशोभनीय वक्तव्यप्रति गहिरो खेद प्रकट गर्दै जीटीएका पूर्व प्रमुख बिनय तामाङले त्यसको कडा शब्दमा निन्दा गरेका छन्। ​भास्कर दाहालले आफ्नो वक्तव्यमार्फत गौरवशाली आदिवासी जनजाति समुदाय लिम्बू र तामाङमाथि आधारहीन, अमानवीय र जातिय विद्वेष फैलाउने टिप्पणी गरेका छन्। उनको यस प्रकारको अभिव्यक्तिले लाखौं मानिसहरूको भावनामा गम्भीर चोट पुर्‍याएको छ र सामाजिक सदभाव खल्बल्याउने दुस्साहस गरेको छ। हामी जातीय घृणा र द्वेष फैलाउने यस्ता अभिव्यक्तिहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दछौं। लिम्बू र तामाङ समुदायले सिक्किम – दार्जीलिङ लगायत सम्पूर्ण भारतका अन्य प्रान्तहरूमा सामाजिक, सांस्कृतिक र राष्ट्रिय विकासमा पुर्‍याएको योगदान अतुलनीय छ।
​ भास्कर दाहालले तत्काल बिना शर्त सार्वजनिक रूपमा माफी माग्नुपर्छ। उनको गैरजिम्मेवार अभिव्यक्तिले सिर्जित क्षति र चोटको नैतिक जिम्मेवारी उनले लिनुपर्छ।
​यस्ता आपत्तिजनक र जातीय सदभाव खल्बल्याउने वक्तव्य दिने व्यक्तिलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सम्बन्धित निकाय तथा राज्य पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं।
​ हामी सबै सचेत नागरिकहरूलाई यस्ता जातीय विभेदकारी सोच र अभिव्यक्तिलाई सामाजिक रूपमा बहिष्कार गर्न विनम्र आग्रह गर्दछौं। भास्कर दाहालको यस वक्तव्यको घोर विरोध गर्दै लिम्बू र तामाङ समुदायलगायत सम्पूर्ण आदिवासी जनजाति समुदायलाई संयमित र एकतावद्ध भई आफ्नो सम्मान र अधिकारको पक्षमा उभिन अपिल गर्दछु। हामी कसैलाई पनि हाम्रो गौरव र पहिचानमाथि अपमान गर्ने छुट दिने छैनौं। यसक्रममा सिक्किम तामाङ बुद्धिष्ट एसोसिएसनले लिएको पदक्षेपको म हार्दिक रूपमा समर्थन गर्दछु। भास्कर दाहाल अनि शामसन तामाङ जस्ता मानसिकता भएका व्यक्तिहरू गोर्खा समाजको निम्ति घातक हुन्। सभ्य समाजमा यस्ता मानसिकतालाई कदाचित स्वीकार गर्नहुन्न। एक सिङ्गो गोर्खाजातिभित्र मतभेद सृष्टि गर्नेहरूलाई कतै स्थान दिन नहुन बिनय तामाङले आह्वान गरेका छन्।

Share this news
आजको रोजाइ
“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

आजको रोजाइ