दार्जीलिङमा सरस मेलाको समापन

Share this news

दार्जीलिङ,19 नोभेम्बर (निसं): दार्जीलिङमा आयोजित ८औं संस्करणको सरकारी सरस मेलाले विगत वर्षको तुलनामा यस वर्ष अझै धेर राम्रो कमाई गर्यो। गत वर्षको सारस मेलामा ७.५ करोड़को बिक्री भएको थियो भने यस वर्ष ९.३७करोड़को बिक्री मेलामा भयो। राज्यकी मुख्यमन्त्रीले गत २९ अक्टोबरको दिन भर्चुअल उदघाटन गरेको उक्त सारस मेलाको समापन गत १६ नोभेम्बरको दिन भयो। मेला राम्रोसित सफल भएको अनि मेलामा यसपालि संस्थागत खरीददारहरू धेरै मात्रमा आएको जानकारी विभागीय प्रोजेक्ट डाइरेक्टर सुमेधा प्रधानले दिइन्। उनले बताए अनुसार १९ दिनसम्म चलेको सारस मेलामा १३६ वटा स्टल थियो। जसमा १ सय वटा जेनेरल स्टल, १६ वटा फुड स्टल र २० वटा ओपन स्टल थियो। मेलामा पश्चिम बंगाल राज्यबाट ३ सय अधिक कारीगारहरू थिए भने अरू ७ वटा राज्यबाट पनि मेलामा सहभागिता जनाइएको थियो। मेलामा उच्च मूल उप्तादनमा सबै भन्दा अधिक बिक्रीको प्रथममा वीरभूम जिल्ला८ लाख, ४५ हजार ७ सय भएको थियो भने दोस्रो पूर्व बर्द्धमान जिल्ला दोकान स्टल नम्बर (७३) बाट ८ लाख ३१ हजार १५० भयो भने कम मूल्य उत्पादनमा पहिलो २४ परगाना ६ लाख ९१ हजार, २६१ रूपियाँ, दोस्रोमा उत्तर दिनाजपुर ५ लाख ८५ हजार ८ सय भयो। फुडमा पहिलो खरसाङ खण्डका सेल्प हेल्प महिला ४ लाख, २२ हजार ७९० रूपियाँ भयो भने दोस्रोमा कुचबिहार
१ लाख, ९३ हजार ३४९ भयो। यसरी नै पश्चिम बंगालबाहेक अरू राज्यबाट मेलामा अधिक बिक्री गर्ने पहिलो राज्य असम १० लाख ९७ हजार ७३० रूपियाँ अनि दोस्रोमा राजस्थान १ लाख ८३ हजार ३ सय थियो। मेलामा ९ वटा खण्ड क्षेत्रका सेल्प हेल्प ग्रुपका महिलाहरूले पनि स्टल राखेका थिए। मेलामा अधिक बिक्री गर्नेहरूलाई सम्मान पनि जनाएको प्रधानले बताइन्। मेला आयोजना गर्नुको औचित्यबारे प्रकाश पार्दै उनले भनिन्, विशेषगरी सेल्प हेल्प ग्रुपका महिलाहरूले ट्रेनिङ लिएर बनाएको सरसमानहरू प्रदर्शन गर्न मात्र होइन, बिक्री पनि गर्न सके। उनीहरूले यहाँ राम्रो गर्न सके उनीहरूलाई अरू ठाउँतिर लाग्ने सारस मेलामा पनि लगिन्छ। दिसम्बर महिनामा कलकत्तामा ठूलो रूपमा सारस मेला हुँदैछ। त्योपछि ठूलो सारस मेला दार्जीलिङमा नै हुन्छ । उनले भनिन्, पहिला उक्त सारस मेला सिलगढ़ीमा नै दार्जीलिङ सारस मेलाको नाममा लगाइन्थ्यो। पछिबाट जीटीएका मुख्य कार्यपालको सो मेला गत वर्षदेखि दार्जीलिङमा आयोजना हुन थालेको थप जानकारी प्रधानले दिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ