दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित यमुना सफाई अभियान चलाइएको थियो। दिल्ली राज्यकी मुख्यमन्त्री रेखा गुप्ताको आह्वानमा यो यमुना सफाई अभियान चलाइएको थियो। दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा नेतृत्व गरिएको अभियानमा दिल्ली एनसीआरका सबै गोर्खा दाजुभाईहरु आएर व्यापक रुपमा सफाई गरियो। बिहान सात बजेदेखि दस बजेसम्म सञ्चालन गरिएको यो अभियान कार्यमा गोर्खाहरूले धेरै उत्साहको साथमा भाग लिएको थिए।
दिल्ली राज्यकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीलाई यो कार्य गर्न आह्वान गरेकी हुनाले नै यो कार्यमा गोर्खाहरूले आफ्नो उपस्थिति जनाएको बताएको छ। उनीहरूले स्वस्थ रहन सरसफाइ गरिनु अति आवश्यक छ भन्दै व्यापक रुपमा सफाई गरिएको बताए। यो कार्यमा साथ दिने सम्पूर्ण गोर्खाहरूलाई धन्यवाद दिंदै दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीका अध्यक्ष नोमी खातीले फेरि फेरि यस्तो कार्यमा साथ दिइरहने आशा गरेकी बताइन्।
स्मरण रहोस्, दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले वितेको आघाह्र वर्षदेखि देशको राजधानी दिल्लीमा धेरै विकासमूलक कार्यहरू गर्दै आइरहेको छ। जसमा नानीहरूबीच बसेर चित्र कोर प्रतियोगिता, गीतसङ्गीत प्रतियोगिता, खेलकूद प्रतियोगिता आयोजन गर्दै आइरहेको छ। यसरी नै प्रतिभाशाली नानीहरूलाई प्रोत्साहित गर्नका लागि उनीहरूलाई सम्बर्द्धना-पत्र प्रदान गर्दै आएको छ। यसै गरी उनीहरूलाई अघाडि बढाउने कार्यमा सदैव उत्साहित रहेकोे छ। यसका साथै विरामीहरूलाई सबैप्रकारको सहयोग गर्न सदैव अघाडि आइरहने सोसाइटीकी मिडिया सेक्रेटरी सुष्मा गोम्सले जानकारी दिएकी छिन्।












