८२औँ बलिदान दिवस र भागोप, असमको ७औँ त्रैवार्षिक अधिवेशनका लागि स्वागत समिति गठन

Share this news

८२औँ बलिदान दिवस र भागोप, असमको ७औँ त्रैवार्षिक अधिवेशनका लागि किशोर कार्की, राजेन छेत्री, खेम प्रधान, गोपाल लिम्बु, डिल्लीराम शर्मा, हेम चन्द्र छेत्री, मनुज छेत्री लगायत आगाेस, आग्सु, अनेसास गोस्वाशापमासको नेतृत्वमा सशक्त स्वागतकारिणी समिति गठन गरियो।

उत्तर लखिमपुर, असम: असमका गोर्खा जातिका लागि महत्त्वपूर्ण घटनाक्रमका रूपमा भारतीय गोर्खा परिसंघ (भा.गो.प.), असम राज्य समितिको साधारण सभा आइतबार उत्तर लखिमपुरको चराइमोरियास्थित राजधनी इटरी प्रेक्षागृहमा सम्पन्न भयो। सो अवसरमा भारतीय गोर्खा परिसंघ, लखिमपुर जिल्ला समितिको प्रतिनिधि अधिवेशनले जिल्ला समितिको पुनर्गठन समेत सम्पन्न गरेको छ। भारतीय गोर्खा परिसंघ, लखिमपुर जिल्ला समितिका अध्यक्ष श्री गोबिन विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रतिनिधि अधिवेशनमा परिसंघका केन्द्रीय तथा राज्य नेतृत्व, पर्यवेक्षकहरू तथा विभिन्न गोर्खा सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा पुरानो जिल्ला समिति विधिवत विघटन गरी नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको थियो।
अधिवेशनले रंगनादी क्षेत्रका उपयुक्त कार्यालय बाट अवकाश प्राप्त कर्मचारी श्री राजेन छेत्रीलाई लखिमपुर जिल्ला समितिको अध्यक्षमा निर्वाचित गरेको छ। त्यस्तै, रामपुर क्षेत्रका भारतीय सेना बाट अवकाशप्राप्त सुबेदार मेजर गोपाल लिम्बूलाई कार्यकारी अध्यक्ष तथा लखिमपुर क्षेत्रका हालै अवकाश प्राप्त शिक्षक श्री हेमचन्द्र छेत्रीलाई मूल सचिवको जिम्मेवारी प्रदान गरिएको छ। ३७ जनिय नवगठित समितिलाई सम्पूर्ण लखिमपुर जिल्लाभरि भारतीय गोर्खा परिसंघको संगठनात्मक आधारलाई सुदृढ बनाउने तथा जातीय गतिविधिहरूलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

यसैबीच, भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको ७औँ त्रैवार्षिक अधिवेशन तथा आजाद हिन्द फौजका अमर शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवस राज्यस्तरीय रूपमा मनाउनका लागि स्वागतकारिणी समिति गठन गर्न छुट्टै साधारण सभा सम्पन्न भएको थियो। उक्त कार्यक्रम आगामी २५ अगस्ट २०२६ मा लखिमपुरमा आयोजना गरिनेछ।

भारतीय गोर्खा परिसंघ (BGP), अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम गोर्खा सम्मेलन (AGS), असम नेपाली साहित्य सभा (ANSS), गोर्खा स्वायत्त परिषद् माग समिति (GACDC) लगायत विभिन्न गोर्खा सामाजिक संस्था र जातीय जनजातीय संघका प्रतिनिधि तथा पदाधिकारीहरूको गरिमामय उपस्थितिमा स्वागतकारिणी समिति गठन गरिएको हो।

असम नेपाली साहित्य सभा, लखिमपुर जिल्ला समितिका अध्यक्ष श्री दिलीराम शर्माको अध्यक्षतामा सम्पन्न लामो छलफलपश्चात् अधिवेशनले वकिल तथा विशिष्ट व्यवसायी किशोर कार्कीलाई स्वागतकारिणी समितिको अध्यक्ष, श्री राजेन छेत्रीलाई कार्यकारी अध्यक्ष, श्रीप्रेम सुबेदीलाई वरिष्ठ उपाध्यक्ष, श्री गोपाल लिम्बूलाई उपाध्यक्ष तथा श्री दिलीराम शर्मालाई मुख्य मूलसचिव पदमा सर्वसम्मत रूपमा चयन गरेको छ। त्यस्तै, श्री हेमचन्द्र छेत्रीलाई मूलसचिव (समन्वय) तथा श्री मनोज छेत्रीलाई मूलसचिव (प्रशासन) को जिम्मेवारी प्रदान गरिएको छ। गोर्खा नागरिक समाजका विभिन्न संस्थाहरूको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्न असम गोर्खा सम्मेलन, लखिमपुर जिल्ला समितिका अध्यक्ष श्री दिलीप छेत्री, अखिल असम गोर्खा छात्र संघ, लखिमपुर जिल्ला समितिका अध्यक्ष श्री युवराज कटुवाल, असम नेपाली साहित्य सभा, लखिमपुर जिल्ला समितिका अध्यक्ष श्री धर्मेन्द्र उपाध्याय तथा गोर्खा स्वायत्त परिषद् माग समिति, लखिमपुर जिल्ला समितिका अध्यक्षलाई स्वागतकारिणी समितिको उपाध्यक्षमा मनोनयन गरिएको छ। त्यसैगरी, सम्बन्धित संस्थाहरूका मूलसचिवहरू श्री माधव नेपाल, श्री राज पराजुली तथा श्री पंकज मगरलाई स्वागतकारिणी समितिको मूलसचिवमा मनोनयन गरिएको छ।

सभामा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका अध्यक्ष श्री अमर अधिकारी, कार्यकारी अध्यक्ष श्री ठण्डी नेवार, मूल सचिव श्री नन्द किराती देवान, वरिष्ठ उपाध्यक्ष श्री खेम प्रधान तथा उपाध्यक्ष श्री जीवन शर्माको उपस्थिति रहेको थियो। साथै असम गोर्खा सम्मेलनका मूलसचिव श्री अमर छेत्री, लखिमपुर जिल्ला आ गो स उपाध्यक्ष श्री श्याम शर्मा, अखिल असम गोर्खा छात्र संघका केन्द्रीय प्रचार सचिव श्री लक्षी प्रसाद शर्मा, भारतीय गोर्खा परिसंघ, धेमाजी जिल्ला समितिका अध्यक्ष श्री गणेश विश्वकर्मा लगायत राज्य तथा जिल्ला तहका थुप्रै पदाधिकारीहरू उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूल सचिव श्री नन्द किराती देवानले भारतीय राष्ट्रिय सेना (INA) का प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको ऐतिहासिक योगदान र बलिदानको स्मरण गर्दै उहाँको देशभक्ति र त्यागले आज पनि नयाँ पुस्तालाई प्रेरित गरिरहेको बताए। उनले त्रैवार्षिक अधिवेशनलाई संगठनको गतिविधिको समीक्षा, नयाँ नेतृत्व चयन तथा असमका गोर्खा समुदायका आकांक्षा र सवालहरूबारे भावी रणनीति तय गर्ने लोकतान्त्रिक मञ्चका रूपमा व्याख्या गरे स्वागतकारिणी समितिले आगामी दिनमा विस्तारित कार्यकारिणी बैठकमार्फत विभिन्न उपसमितिहरू गठन गरी दुईदिने कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ।

भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका वरिष्ठ उपाध्यक्ष श्री खेम प्रधानले पत्रकारहरूसँग कुरा गर्दै २४ अगस्ट २०२६ मा बिहानै बाट अधिवेसन थालेर बेलका प्रतिनिधि सभा आयोजना गरी नयाँ राज्य समिति गठन गरिने तथा त्यसपछि विभिन्न सामाजिक संस्था, बुद्धिजीवी, युवा प्रतिनिधि र समुदायका अगुवाहरूको सहभागितामा खुला अधिवेशन सम्पन्न गरिने जानकारी दिए। उनका अनुसार २५ अगस्ट २०२६ मा आजाद हिन्द फौजका अमर शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवस राज्यस्तरीय रूपमा श्रद्धापूर्वक मनाइनेछ।

श्री खेम प्रधानले यी दुवै कार्यक्रम असमका गोर्खाहरूका लागि ऐतिहासिक समागम बन्ने विश्वास व्यक्त गर्दै साङ्गठनिक एकता सुदृढ पार्नुका साथै राष्ट्रिय वीरहरूको बलिदानलाई स्मरण गर्ने र सामाजिक, सांस्कृतिक तथा संवैधानिक अधिकारहरूको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता पुनः स्थापित गर्ने अवसर बन्ने बताए।


Share this news
आजको रोजाइ
फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित यमुना सफाई अभियान

दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित यमुना सफाई अभियान

असम राइफल्सको लोक्रा बटालियनद्वारा अन्तरक्रिया तथा जनसम्पर्क कार्य

असम राइफल्सको लोक्रा बटालियनद्वारा अन्तरक्रिया तथा जनसम्पर्क कार्य

कैलाश मानसरोवर यात्राको लागि तीर्थयात्रीको पहिलो समूह बागडोगरामा

कैलाश मानसरोवर यात्राको लागि तीर्थयात्रीको पहिलो समूह बागडोगरामा

८२औँ बलिदान दिवस र भागोप, असमको ७औँ त्रैवार्षिक अधिवेशनका लागि स्वागत समिति गठन

८२औँ बलिदान दिवस र भागोप, असमको ७औँ त्रैवार्षिक अधिवेशनका लागि स्वागत समिति गठन

“हाम्रो स्वाभिमान ट्रस्ट” द्वारा दिल्लीको यमुना तट (राम घाट) मा बृहत् सरसफाइ

“हाम्रो स्वाभिमान ट्रस्ट” द्वारा दिल्लीको यमुना तट (राम घाट) मा बृहत् सरसफाइ

आजको रोजाइ