साथी कन्ट्रक्शनले वर्कअर्डर पाएर पनि काम नगरेको पोल इण्डियन गोर्खा जनशक्ति फ्रण्टले खोलेको छ। गत 5 जुलाईको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पोख्रेबुङ चामोङ समष्टि गठन गरेको हो।पार्टीले समष्टि अध्यक्षको कार्यभार पुकार गहतराजलाई सुम्पिएको छ।पुकार गहतराजले समष्टि अध्यक्षको कार्यभार सम्हाल्ने क्रममा वर्कअर्डर पाएर पनि काम नगर्ने कम्पनीहरूको पोल खोल्ने वाचा गरेको थियो। त्यही वाचा अनुरूप इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पोख्रेबुङ चामोङ समष्टि अध्यक्ष पुकार गहतराजले गत 17 फरवरी 2026 को दिन जीटीए मुख्यलय लाल कोठीबाट सेलुङबुङदेखि चामोङको मुक्ति व्रीजसम्म पूग्ने बाटो निर्माणको लागि साथी कन्ट्रक्शनको नाम वर्कअर्डर जारी गरेको थियो अनि यो बाटो निर्माणको लागि 2 करोड 47 लाख 31 हजार 9 सय 65 रूपियाँको राशी रहेको थियो तर यतिका दिनहरू बितिसक्दा पनि बाटोको निर्माण भएको छैन भन्ने समष्टि अध्यक्ष पुकार गहतराजले बताएका छन्।तिनले अघि भने इण्डियन गोर्खा जनशक्ति फ्रण्टले भष्ट्रचार,घोटाला आदि जस्ता घटनाहरूको घुँडा धसेर विरोध गर्दै आई रहेको छ।जनताले टयाक्स तिरेको पैसाले सरकारले जनताको असुविधाहरूलाई ध्यानमा राख्दै विकास मुखी कार्यहरू गर्ने गर्छन त्यसकारण जनताको हितमा आएको पैसा जनताको हितमा नै प्रयोग गरिनु पर्छ भन्ने हाम्रो अडान हो त्यसकारण साथी कन्ट्रक्शनको नाम लिएको तपाईहरूले अनर्थ सोंच्नु हुदैन भन्ने अध्यक्ष गहतराजले दोहोराए।जारी गरेको वर्कअर्डरमा सेलेङबुङ चामोङ मुक्ति व्रीज अनि सेलेङबुङदेखि ठकुरी गाउँसम्म पूग्ने बाटो निर्माणको लागि सम्बंधित विभागले साथी कन्ट्रक्शनलाई वर्कअर्डर जारी गरेको हो तर आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोलीले यी स्थानहरूको भ्रमण गर्दा बाटोको निर्माण नभएको भेट्टायौ अध्यक्ष गहतराजले बताए।सरकारी कुनै पनि कम्पनीको नाममा वर्कअर्डर जारी गर्नु भनेको वर्कअर्डरमा जारी गरेको कामहरू तुरून्तै शुरू गर्नु भनेको हो तर आजसम्म बाटो निर्माणको काम किन भएको छैन?भन्दै तिनले प्रश्न तेर्साए।तिनले अघि भने हामी कम्पनीले घोटाला गर्यो,भष्ट्रचार गर्यो भनेर कधापी भन्दैनौ तर यतिका महिनाहरू बितिसक्दा पनि काम किन हुन सकेन यसको स्पष्टीकरण साथी कन्ट्रक्शनले दिनु पर्छ।यो बाटोको निर्माण कार्यको लागि गत 4 अक्टोबर 2025 मा प्राकृतिक प्रकोपले धेरै क्षति पूराएको थियो अनि त्यसलाई ध्यानमा राख्दै सरकारी फन्ड जारी गरेका थिए,त्यही फन्डबाट सेलेङबुङदेखि चामोङ मुक्ति व्रीज अनि सेलेङबुङदेखि ठकुरी गाउँ जाने बाटो निर्माणको लागि फ्रण्ट जारी गरेको हो भन्ने अध्यक्ष गहतराजले बताए।












