गोरामुमोद्वारा घरदैलो अभियान, राजनीतिक समाधानबारे जनचेतना कार्यक्रम

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सुके–मानेभञ्ज्याङ समष्टिले विभिन्न क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्दै वर्तमान राजनीतिक परिवेश तथा गोर्खा जातिको राजनीतिक समाधानसम्बन्धी विषयमा जनचेतना कार्यक्रम अघि बढाएको छ। अभियानअन्तर्गत समष्टि अध्यक्ष अशोक बराइलीको नेतृत्वमा छोटा पुबुङ–आलुबारी प्रशाखा क्षेत्रमा स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरिएको थियो। सो अवसरमा अध्यक्ष बराइलीले वर्तमान राजनीतिक अवस्था, गोर्खा समुदायको दीर्घकालीन राजनीतिक समाधानका लागि हालसम्म भएका पहल तथा त्यससँग सम्बन्धित गतिविधिबारे जानकारी गराएका थिए। उनले गोरामुमोका अध्यक्ष मन घिसिङको नेतृत्वमा पार्टीले गोर्खा जातिको अधिकार, पहिचान र न्यायका पक्षमा निरन्तर इमानदारीपूर्वक भूमिका निर्वाह गर्दै आएको दाबी गरे। साथै, गोर्खा समुदायको राजनीतिक आकांक्षा पूरा गर्ने दिशामा सकारात्मक वातावरण निर्माण भइरहेको उल्लेख गर्दै निकट भविष्यमै सुखद समाचार प्राप्त हुने विश्वास व्यक्त गरे।अभियानकै क्रममा सन् १९८६ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका गोरामुमोका वरिष्ठ तथा कर्मठ सदस्यहरूलाई भेट गरी श्रद्धा ओढाएर सम्मान गरिएको थियो। उक्त अवसरमा उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै गोर्खा जाति, माटो र पहिचानको संरक्षणका लागि गरिएको संघर्ष ऐतिहासिक रहेको उल्लेख गरियो। समष्टिले आगामी दिनहरूमा पनि घरदैलो अभियानलाई निरन्तरता दिँदै जनतामाझ संगठनका गतिविधि, राजनीतिक अवस्थाबारे जानकारी आदान–प्रदान गर्ने र जनसम्पर्कलाई थप सुदृढ बनाउने जनाएको छ।

Share this news
आजको रोजाइ
एचपीडब्ल्यु केन्द्रीय समितिको नवगठित शाखालाई श्रमिक हितमा इमानदारीसङ्ग काम गर्ने निर्देशन 

एचपीडब्ल्यु केन्द्रीय समितिको नवगठित शाखालाई श्रमिक हितमा इमानदारीसङ्ग काम गर्ने निर्देशन 

मुख्यमन्त्रीद्वारा दुधेमा बालासन नदीमाथिको बेली पुल जनतालाई समर्पित

मुख्यमन्त्रीद्वारा दुधेमा बालासन नदीमाथिको बेली पुल जनतालाई समर्पित

गायक-संगीतकार राम बिष्टको अभिनन्दन ग्रन्थ “पहराको फूल”लाई चिहाई हेर्दा

गायक-संगीतकार राम बिष्टको अभिनन्दन ग्रन्थ “पहराको फूल”लाई चिहाई हेर्दा

सेलेङबुङदेखि चामोङ, ठकुरी जाने बाटोको वर्कअर्डर जारी तर साथी कन्ट्रक्शनले काम किन गरेन ?

सेलेङबुङदेखि चामोङ, ठकुरी जाने बाटोको वर्कअर्डर जारी तर साथी कन्ट्रक्शनले काम किन गरेन ?

गोरामुमोद्वारा घरदैलो अभियान, राजनीतिक समाधानबारे जनचेतना कार्यक्रम

गोरामुमोद्वारा घरदैलो अभियान, राजनीतिक समाधानबारे जनचेतना कार्यक्रम

डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत गराउन डुवर्स स्टेरिङ्ग कमिटी (DSC) द्वारा मन्त्रीसङ्ग भेटघाट

डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत गराउन डुवर्स स्टेरिङ्ग कमिटी (DSC) द्वारा मन्त्रीसङ्ग भेटघाट

आजको पेट्रोल र डिजेलको मूल्य: ब्रेन्ट कच्चा तेलको मूल्य बढे पनि दिल्ली, मुम्बई, कोलकातामा स्थिर

आजको पेट्रोल र डिजेलको मूल्य: ब्रेन्ट कच्चा तेलको मूल्य बढे पनि दिल्ली, मुम्बई, कोलकातामा स्थिर

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

बारुईपुर इन्काउन्टर: ‘जे गर्‍यो, त्यही सजाय पायो’, आरोपी प्रभास मण्डलको मृत्युमा आमाले भनिन्- ‘मलाई शान्ति मिल्यो’

बारुईपुर इन्काउन्टर: ‘जे गर्‍यो, त्यही सजाय पायो’, आरोपी प्रभास मण्डलको मृत्युमा आमाले भनिन्- ‘मलाई शान्ति मिल्यो’

आजको रोजाइ