
दार्जीलिङ पहाड़को ग्रामीण क्षेत्रमा महिलाहरूको स्वास्थ्य अझै पनि अत्यन्तै बेवास्ता गरिएको सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ। भारतमा प्रविधि र स्वास्थ्य संरचना विस्तार हुँदै गए पनि टाढ़ाका पहाड़ी बस्तीहरू र चियाबारी क्षेत्रका महिलाहरू धेरैजसो रोकथाम गर्न सकिने वा उपचार योग्य रोगहरूबाट पीड़ित भइरहेका छन्। प्रजनन् स्वास्थ्यबारे मौनता, सीमित जागरूकता, सांस्कृतिक बन्देज र अपर्याप्त स्वास्थ्य पहुँचका कारण सर्भाइकल क्यान्सर तथा युटराइन क्यान्सरजस्ता गम्भीर रोगहरूको ढिलो पहिचान भइरहेको छ।
यो समस्या एउटा ठूलो राष्ट्रिय संकटसँग सम्बन्धित छ। भारतले सन् २०२२ मा करिब १४.६ लाख नयाँ क्यान्सरका घटनाहरू दर्ता गर्यो, जसमा महिलाहरूको हिस्सा आधाभन्दा अलिक बढ़ी थियो। स्तन क्यान्सर र सर्भाइकल क्यान्सर महिलामा सबैभन्दा धेरै पाइने दुई प्रमुख क्यान्सर हुन्। केवल सर्भाइकल क्यान्सरको मात्र महिलाहरूमा प्रतिवर्ष १ लाखमा १२.१ को दरले घटना देखिन्छ, र अध्ययनहरूले सन् २०२५ सम्ममा १५ लाख डिसएबिलिटी-एडजस्टेड लाइफ यिअर्स (डीएएलवाई) बोझ हुने अनुमान गरेका छन्, जसले यसको उच्च प्रचलन मात्र होइन, स्वास्थ्य र आर्थिक दुवै क्षेत्रमा गम्भीर प्रभाव पर्ने संकेत गर्छ।
‘‘प्रारम्भिक अवस्थामा पत्ता लगाउनु नै व्यवस्थापनयोग्य उपचार र जीवनभरको पीड़ाबीचको भिन्नता हो भन्ने मेरी हजुरआमाको अनुभवले मलाई सम्झाउँछ’’
ग्रामीण भारतमा परीक्षणको पहुँच अझै पनि कम छ, विशेषगरी सर्भाइकल क्यान्सरका लागि, जहाँ धेरै महिलाले अहिलेसम्म कहिल्यै प्याप स्मियर वा पेल्भिक परीक्षण गराएको हुँदैन। यी तथ्यांकहरूले एउटा गम्भीर वास्तविकता देखाउँछन्- उपचारका विकल्पहरू भए पनि ढिलो पहिचानका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्।
ग्रामीण वास्तविकता: किन महिलाहरू निरन्तर पीड़ित हुँदैछन्?
१. जागरूकताको अभाव
दार्जीलिङका धेरै ग्रामीण समुदायहरूमा महिलाहरू प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरूको शुरुवाती चेतावनीका संकेतहरू चिन्न सक्दैनन्। अनियमित रक्तस्राव, लगातार तल्लो पेट दुखाइ, दुर्गन्धयुक्त सेतो पदार्थ वा कारण नबुझिने थकानजस्ता लक्षणहरूलाई उमेरसँगै हुने सामान्य परिवर्तन भनेर बेवास्ता गरिन्छ। लाज, संकोच र सामाजिक बाधाहरूका कारण महिलाहरूले आफ्ना स्वास्थ्य समस्याहरू खुलस्त रूपमा घरपरिवारसँग समेत कुरा गर्न सक्दैनन्।
२. ढिलो पत्ता लगाउने प्रक्रिया
डर, कलंक र विशेषज्ञ सेवासम्म पहुँच सीमित भएका कारण धेरै महिलाहरूले लक्षण सहन नसकुन्जेलसम्म मद्दत खोज्दैनन्। पहाड़को भौगोलिक अवस्थाले अर्को चुनौती थप्छ- एकजना विशेषज्ञ भेट्नका लागि लामो दूरी पैदल हिँड़्नु पर्ने हुन्छ वा धेरै खर्चिलो यात्राको आवश्यक पर्नसक्छ। धेरै महिलाहरू अस्पताल पुगिन्जेलसम्म क्यान्सर प्रायः विकसित भइसकेको हुन्छ, जसले उपचारलाई झनै जटिल र कम सफल बनाइदिन्छ।
३. स्वास्थ्य सेवासम्म सीमित पहुँच
क्षेत्रमा सरकारी अस्पतालहरू भए पनि कर्मचारीहरूको कमि, अपर्याप्त तथा सीमित डायग्नोस्टिक सुविधाले गर्दा समयमै उपचार पाउन कठिन हुन्छ। अल्ट्रासाउण्ड, प्याप-स्मियर वा बायोप्सी आदि कम खर्चिलो वा निःशुल्क परीक्षणहरू निरन्तर रूपमा उपलब्ध नहुँदा कमजोर अवस्थाका महिलासँग विकल्प निकै कम रहन्छ।
व्यक्तिगत दृष्टि: मेरी हजुरआमाको क्यान्सर यात्रा
यो विषय मेरो लागि अत्यन्तै व्यक्तिगत छ। ८४ वर्ष पुगेकी मेरी हजुरआमा सन् २०२० मा सर्भाइकल क्यान्सरबाट पीड़ित भएको थाहा भयो। ढिलो पहिचान र प्रारम्भिक पत्ता लगाउने सेवामा पहुँच सीमित भएकै कारण उनका उपचारका विकल्पहरू पनि घट्दै गयो। उनका कमजोर स्वास्थ्यका कारण द्रुत उपचार सम्भव रहेन। उनलाई यस कठिन यात्राबाट गुज‘ँदै गरेको दे‘दा मलाई हाम्रो पहाड़ी क्षेत्रका कति महिलाहरू यस्तै पीड़ामा निष्कि‘य रूपमा जीवन बिताइरहेका होलान् भन्ने महसुस भयो- उपचार नभएकोले होइन, तर उनीहरू जानकारीविहीन, सहयोगविहीन वा समयमै स्वास्थ्य सेवासम्म नपुगेका कारण मु‘य हो। हजुरआमाको यात्राले ग्रामीण महिलाहरूमा सचेतना फैलाउने मेरो प्रतिबद्धतालाई झनै बलियो बनायो।
स्व-सचेतता: पहिलो सुरक्षा रेखा
स्वास्थ्यकर्मीले कुराकानी गर्नुअघि नै महिलाहरूलाई ध्यान दिनुपर्ने लक्षणहरूको आधारभूत ज्ञानले सशक्त बनाउनुपर्छ। स्व-सचेतता जीवनरक्षक हुनसक्छ। महिलाले तलका लक्षणहरू देखिएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ:
- योनिमा असामान्य रगत बग्नु, विशेषगरी महिनावारी बन्द भएपछि
- महिनावारीको बीचमा रगत बग्नु वा असामान्य रूपमा भारी महिनावारी
- लगातार पेल्भिक वा पेटमा दुखाइ
- दुर्गन्धयुक्त वा असामान्य योनि स्राव
- अचानक तौल घट्नु वा भोक कम्ति लाग्नु
- कारण नबुझिने थकान
- स्तनमा गाँठो, स्तनको स्राव वा आकारमा परिवर्तन
- पिसाब गर्दा वा यौन सम्बन्धमा पीड़ा
महिलाहरूले आफ्नो शरीरमा देखिने लक्षण वा परिवर्तनहरू नोट गर्दै सानो डायरीमा रा‘न सक्छन्। सबैभन्दा महत्वपूर्ण कुरा, स्वास्थ्य सम्बन्धी चिन्ताहरू- विशेषगरी प्रजनन्सँग सम्बन्धित लज्जाजनक होइनन् भन्ने बुझ्नुपर्छ। प्रारम्भिक अवस्थामा पत्ता लगाउनुले बाँच्ने सम्भावना निकै बढ़ाउँछ।
के बदलिनु आवश्यक छ: ग्रामीण महिलाहरुको स्वास्थ्य सेवाको सुधार
दार्जीलिङको ग्रामीण क्षेत्रमा स्वास्थ्य संकटलाई हस्तक्षेप गर्न केही प्रणालीगत कदमहरू तुरुन्तै आवश्यक छन्:
- नियमित स्त्रीरोग विशेषज्ञको भ्रमण
सरकारले ग्रामीण र दुर्गम क्षेत्रहरूमा नियोजित तालिकाअनुसार स्त्रीरोग विशेषज्ञको नियमित भ‘मणको व्यवस्था गर्नुपर्छ, जसले महिलाहरूलाई लामो यात्रा नगरी विशेषज्ञ स्वास्थ्य सेवा पहुँचयोग्य बनाउनसक्छ।
- सुलभ परीक्षण सुविधाहरू
नजिकका सरकारी अस्पतालहरूले अल्ट्रासोनोग‘ाफी, प्याप स्मियर, बायोप्सी र रेडियोलोजिकल परीक्षणहरू सुलभ वा कम मूल्यमा उपलब्ध गराउनुपर्छ। पहुँचयोग्य परीक्षण बिना प्रारम्भिक पहिचान असम्भव छ।
- ठोस उपचारको सुनिश्चितता
सरकारी अस्पतालहरूले उपचार प्रकि‘या सशक्त बनाउन, आवश्यक उपचारहरूको उपलब्धता सुनिश्चित गर्न र जटिल मामिलाहरूका लागि सिफारिस सहयोग प्रदान गर्नुपर्छ। अनुगमन सेवा व्यवस्थित र भरपर्दो हुनुपर्छ।
- दिगो स्वास्थ्य सेवा आर्थिक व्यवस्थापन
स्थानीय सरकारी निकायहरूले निरन्तर महिलाहरूको स्वास्थ्य सेवा सहयोगका लागि पर्याप्त कोष छुट्याउनुपर्छ- जसमा स्कि‘निङ क्याम्प, सचेतना अभियान, तालिम कार्यक‘म र डायग्नोस्टिक उपकरणहरू समावेश छन्।
- स्वास्थ्यकर्मीद्वारा समुदायमा आधारित सचेतना
आशा (एएसएचए) कार्यकर्ता, एएनएम, नर्स र स्थानीय स्वयंसेवकहरूले विशेषगरी अशिक्षित महिलाहरूलाई लक्षित गरेर ढोका ढोका सचेतना अभियानमा सकि‘य रूपमा संलग्न हुनुपर्छ, जसले मौखिक सञ्चारमा निर्भर गर्छन्।
- नियमित सामुदायिक सर्वेक्षण
नियमित सामुदायिक स्वास्थ्य सर्वेक्षणले प्रारम्भिक लक्षण वा जोखिमका कारण भएका महिलाहरूलाई पहिचान गर्न मद्दत पुर्याउँछ, जसले रोग बढ़्नु अघि समयमै हस्तक्षेप सुनिश्चित गर्छ।
निष्कर्षः भारतमा महिलासँग सम्बन्धित क्यान्सरको बोझ बढ़्दैछ र दार्जीलिङजस्ता पहाड़ी भेकका ग्रामीण क्षेत्रहरूमा सचेतना कम हुनु, पहुँच सीमित हुनु र सांस्कृतिक कलंकको कारण यो खतरा अझ बढ़्छ। प्रारम्भिक अवस्थामा पत्ता लगाउनु नै व्यवस्थापनयोग्य उपचार र जीवनभरको पीड़ाबीचको भिन्नता हो भन्ने मेरी हजुरआमाको अनुभवले मलाई सम्झाउँछ। आत्म-जागरूकता, सामुदायिक संलग्नता र सरकारी सहयोगद्वारा मिलेर काम गर्नुपर्छ ताकि दार्जीलिङका पहाड़मा कुनै पनि महिला मौन रूपमा पीड़ित नहोस्।
(लेखिका नर्सिङ विषयमा एसआरआईएचईआर चेन्नईमा पीएचडी शोधार्थी हुन्।)











