जीटीएको आधिकारिक पत्राचारमा किन त्रुटि र लापरवाही देखिएको छ?

Share this news

आज गोरखाल्याण्ड क्षेत्रीय प्रशासन (GTA) का प्रमुख अनित थापाको निर्देशनमा जी टी ए सचिवद्वारा चना दाल प्रकरण सम्बन्धमा स्पष्टिकरण माग गर्दै NCCF र NAFED का Managing Director हरूसँग आधिकारिक पत्राचार भएको जानकारी प्राप्त भएको छ। तर उक्त पत्रमा जी टी ए को आधिकारिक लोगो/प्रतिक/चिन्ह नदेखिनु अत्यन्तै गम्भीर र आपत्तिजनक विषय हो। जी टी ए को आधिकारिक लोगो/प्रतिक/चिन्ह कहिले र कसको निर्णयबाट परिवर्तन गरियो? छुट्टै राज्य गोर्खाल्याण्डको दीर्घ संघर्षको यात्रामा दा गो पा प देखि जी टी ए सम्म आइपुग्न असंख्य बलिदान, त्याग र पीडाको इतिहास जोडिएको छ। सयौं सिन्दूर पुछिएका, असंख्य कोख रित्तिएका, जेल-नेल, अन्याय, अत्याचार र दमनको कठोर यथार्थ बोकेको यो प्रतिक हाम्रो पहिचान, अस्तित्व र स्वाभिमानसँग प्रत्यक्ष रूपमा गाँसिएको छ। यस्तो संवेदनशील र ऐतिहासिक महत्व बोकेको प्रतिकलाई यति सहज रूपमा किन र कसरी बेवास्ता गरियो? चना दाल प्रकरणसँग सम्बन्धित सुरुदेखि अहिलेसम्मका आधिकारिक पत्राचारमा किन यति धेरै त्रुटि र लापरवाही देखिएको छ? यस विषयमा सम्बन्धित निकायबाट तत्काल स्पष्ट, पारदर्शी र जिम्मेवार जवाफको माग आई जी जे एफ प्रवक्ता, लाडुप घिसिङले गरेका छन्।

Share this news
आजको रोजाइ
काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

आजको रोजाइ