यस वर्ष २०२६ मा पश्चिम बङ्गालको शिक्षा विभाग को निर्देशनमा कैंजले उच्च विद्यालयमा पनि “पश्चिम बङ्गाल दिवस” समारोह सम्पन्न भयो। जसमा विद्यालयमा विभिन्न कार्यक्रमको साथ यस समारोह मनाइयो।
कार्यक्रमको प्रथम चरणमा पश्चिम बङ्गाल दिवस किन अनि कसरी मनाइन्छ भन्ने विषयमा विद्यालयका कुरामा प्रीति सिंह ले सम्पूर्ण इतिहास विद्यार्थी वर्गमा राख्नुभयो। साथै आज बङ्गालले पश्चिम बङ्गाल दिवस कसरी मनाइरहेछ यसबारे सम्पूर्ण जानकारी उहाँले प्रष्ट पार्नुभयो।
यसरी कार्यक्रमको दोस्रो चरणमा यस निबन्ध लेखन प्रतियोगिता सम्पूर्ण विद्यार्थीहरुलाई गराइयो। जसमा दुईटा झुण्ड थिए। नवौं र दशौं श्रेणीका छात्र छात्राहरूको लागि विषय थियो सामाजिक सञ्जाल ( Social media), साथै सातौँ र आठौं श्रेणीको निम्ति शिक्षाको महत्व ( Importance of Education) थियो। दुवै झुण्डअङ्ग्रेजी माध्यमद्वारा निबन्ध प्रतियोगिता गराइयो। पहिलो झुण्डमा (Social media) दीपिका शर्मा पहिलो , द्वितीय सुब्बा दोस्रो अनि विगल सुब्बा तेस्रो भएका थिए।
दोस्रो झुण्डमा ( Importance of Education) भूमिका शर्मा पहिलो, इशिता गुरुङ दोस्रो अनि देव सुब्बा तेस्रो भएका थिए। यी निबन्ध लेखन प्रतियोगितामा गुरुमा नमिता थापा अनि विवेक गिरी सरले सम्पूर्ण नानीहरूलाई धेरै दिन अघिदेखि निबन्ध लेखनमा चासो हौसला अनि शिक्षा दिइरहेका थिए। यसरी कार्यक्रमको तेस्रो चरणमा Quiz competition सम्पन्न भयो ।जसमा सम्पूर्ण श्रेणीलाई समेटिएर चार झुण्ड ले यस क्विज कम्पिटिसनमा भाग लिएका थिए। जसमा ग्रुप ए, ग्रुप बी, ग्रुप सी अनि ग्रुप दिइरहेका थिए। यस क्विज कम्पिटिसनमा चारवटा राउन्ड समेटिएर प्रश्नहरू सोधिएको थियो। जसमा झुण्ड ए ले १५७ अङ्क लिएर प्रथम भएका थिए।
यसरी यस क्विज कम्पिटिसनको सम्पूर्ण भार गुरुमा मृदुला क्षेत्रीले लिनुभएको थियो। र यसको quiz competition एकदमै सुन्दर ढंगले प्रस्तुत गराउन उहाँ सफल हुनुभएको थियो। यसरी यस कार्यक्रम विद्यालयका प्रधान अध्यापकको अध्यक्षतामा सम्पन्न भयो। अन्तमा यस कार्यक्रममा भाग लिने सम्पूर्ण विद्यार्थीहरूलाई पारितोषिक वितरण गरेबापत कार्यक्रमको अन्त भयो।












