विकरन फाउण्डेसनद्वारा आशा गाई लाभार्थीहरुलाई हस्तान्तरण

Share this news

रिम्बिक,19 नोभेम्बर(निसं): विकरन फाउण्डेसनले प्राणी  संसाधन विकास (एआरडी) विभाग जीटीए-को पहलमा गौधन आशा गाई योजना अन्तर्गत पुलबजार-दार्जीलिङ खण्ड विकासको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोधोमा ग्राम पञ्चायत-दुईको फेदीखोला निवासी पहिरो पीडितद्वयलाई गाई वितरण गरेको छ। लाभार्थीहरु क्रमैले गम्बु शेर्पा र अमर राई हुन्। फाउण्डेसनका संस्थापक विक्रम राईको नेतृत्वमा उनको टोली  लगायत जीटीए-का एआरडी विभागका अधिकारीहरू फेदीखोला प्राथमिक पाठशाला  प्रांगनमा पुगेर उनीहरूको बाहुलीबाट लाभार्थीहरुलाई क्रमैसँग गाई हस्तान्तरण गरेका छन्।यी गाईहरुको रिम्बिक एबीएचसी इञ्चार्ज डाक्टर सिवानी तामाङ अनि डाक्टर रमनाथ भट्टराईद्वारा स्वास्थ्य जाँच गरेपछि लाभार्थीहरुलाई हस्तान्तरण गरिएको हो। यस अवधि रिम्बिक फ्रेशका संस्थापक मिङमा गिर्मी शेर्पा, बिजनबारीका बीएलडीओ डाक्टर उत्तम मनी प्रधान, एलडीए डाक्टर कुमार शर्मा, ग्राम पञ्चायत प्रधान लाक्पा छेकी शेर्पा लगायत गाउँबासी उपस्थित रहेका थिए। विशेष गत 4 अनि 5 अक्टोबरको पहिरोले गाई वस्तु पुरिएर क्षति पुगेको थियो। यसैलाई मध्य नजर गरेर विकरन फाउण्डेसन अनि एआरडी विभाग जीटीए- ले गौधन आशा गाई योजना अन्तर्गत पहाडका विभिन्न क्षेत्रहरुमा जम्मा 24 वटा गाई पहिरो पीडितहरुलाई प्रदान गरिरहेको फाउन्डेसनका संस्थापक विक्रम राईले  बताएका छन्। एआरडी विभागद्वारा बनाइएको सूची अन्तर्गत नै पूलबजार दार्जीलिङ खण्ड, सुके , मजुवा अनि मिरिक क्षेत्रमा पनि  गाई वितरण गरिने उनले जनाए। गाई हस्तान्तरण गरेपछि यी गाईहरु आशा गाई योजनामार्फत वितरण गरिएको कारण यसको  नाम आशा- नै राखिदिने पनि लाभार्थीहरुलाई  विक्रम राईले अपिल गरे साथै गाई दाताहरुलाई पनि उनले धन्यवाद व्यक्त गरे। यसका साथै दुवै लाभार्थीले पहिरोको चपेटामा परेर आफ्नो गाईहरु मरेपछि धेरै दुःख भोग्नु परिरहेको समयमा विकरन फाउण्डेसन अनि जीटीए,  एआरडी विभागले गौ-धन , आशा गाई योजनामार्फत गाई प्रदान गरेर आफुहरुमाथि ठूलो गुण लगाएकोमा कृतज्ञता प्रकट गरेका छन्। यसका साथै गाउँ समाज अनि ग्राम पञ्चायतको तर्फबाट पनि खञ्जु शेर्पाले फाउण्डेसनलाई धन्यवाद दिएका छन्।

Share this news
आजको रोजाइ
खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते