अमरसिंह राईलाई पहाड तृणमुल कांग्रेसद्वारा बधाई

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): शिक्षाविद, दार्जिलिङ नगरपालिकाका पूर्व अध्यक्ष साथै दार्जिलिङका पूर्व विधायकको रूपमा समुदायको सेवामा पुर्‍याउदै धेरै योगदान दिएका अमरसिंह राई सिलगढी- जलपाईगढी विकास प्राधिकरण(एसजेडीए) उपाध्यक्ष  पदमा नियुक्त भएकोमा अखिल भारत तृणमुल कांग्रेस पार्टी दार्जीलिङका शसक्त कार्यकर्ता मनिष छेत्रीले राईली बधाई अनि शुभकामना दिएका छन्। छेत्रीले भनेका छन् , जुन राईको दीर्घ सेवा, लगनशीलता र इमानदारिताको उचित सम्मान हो। उनको सोझो जीवन, सबैप्रति समान व्यवहार र कहिले पनि सहयोग गर्न पछि नहट्ने स्वभावले धेरैलाई प्रेरणा दिएको छ। उनी सधैं समाज र समुदायको भलाइको लागि काम गर्दै आइरहेका छन् साथै उनको यस प्रकारको निस्वार्थ सेवाले गोर्खा समुदाय मात्र होइन, सम्पूर्ण समाजलाई गौरव गराएको छ। उनको सिलगढी-जलपाइगढी विकास प्राधिकरण  उपाध्यक्ष पदमा नियुक्ति अत्यन्तै सम्मानजनक र खुशीको कुरा हो। यो पद उनको जनताको सेवामा देखाउदै समर्पण, इमानदारी, र निष्ठाको स्पष्ट पहिचान हो।उनी जस्तो अनुभवी र नम्र व्यक्तित्वले पुनः यस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु हाम्रो समुदायको लागि गर्वको कुरा हो। आशा छ, उनको नेतृत्वमा समाजले अझ धेरै सकारात्मक परिवर्तन देख्नेछ भनी मनिष छेत्रीले भनेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ