तीनधारे चिया बगानको भुले गाउँसम्म पुग्ने बाटोको शिलान्यास

Share this news

तीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे चियाबारी क्षेत्रमा नयाँ रोड निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। तीनधारे चियाबारीको चिलाउनेधुरादेखि भुले गाउँसम्म पुग्ने सड़क निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। 4.2 किलोमिटर रहेको उक्त रोडको लागत खर्च 4 करोड़ 63 लाख 60 हजार 204 रुपियाँ रहेको छ। यसको साथै तीनधारे चियाबारीको प्रधानमन्त्री ग्राम सड़क योजना क्षेत्रदेखि भुले गाउँसम्म स्थियिकरण ढलान कार्यको पनि शिलान्यास गरिएको छ। उक्त कार्य 2.5 किलोमीटरको, 97 लाख 85 हजार 6 सय 5 रुपियाँ लागत खर्च रहेको छ।

उक्त शिलान्यास कार्य तीनधारे चियाबारीको कारखाना नजिक क्षेत्रमा सम्पन्न गरिएको थियो। यस शिलान्यास कार्यक्रममा सभाध्यक्षको रुपमा सनबहादुर तामाङ रहेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा क्षेत्रीय सभासद नवराज छेत्री, कर्माध्यक्ष साजन दर्जी, घैयाबारी ग्राम पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, तीनधारे चियाबारीको प्रबन्धक लगायत अन्यहरु उपस्थित रहेका थिए। सुकुमार बराइलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले राखेका थिए। कार्यक्रमको प्रमुख अतिथि र विशिष्ट अतिथिका बाहुलीबाट शिलान्यास गरिएको छ। कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको छ। यस कार्यक्रममा कर्माध्यक्ष साजन दर्जीलाई सम्मान जनाइएको छ।

यस शिलान्यास कार्यक्रममा प्रमुख अतिथि खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, क्षेत्रीय सभासद नवराज छेत्री, तीनधारे चियाबारीको प्रबन्धकले पनि वक्तव्य राखेका थिए। यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको तर्फबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई र अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले तीनधारे चियाबारी क्षेत्रमा दीर्घकालीन रोड निर्माणको लागि शिलान्यास गरिएकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। यसको साथै स्थानीयहरुले पनि तीनधारे चियाबारीको भुले गाउँसम्म पुग्ने रोडको निर्माण कार्यको लागि शिलान्यास गरिएकोमा खुसी व्यक्त गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

आजको रोजाइ