Three houses were damaged by water

लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा पैह्रोले तीन घर क्षति

Share this news

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा हिज बिहान पैह्रोले तीनवटा घरहरुलाई क्षति गरेको छ। बिहान 9.15 बजीतिर रवि छेत्रीको घरबाट पैह्रो झरेर तलपट्टि रहेको घरको छतमा रहेको बताइएको छ। पैह्रोले तलपट्टिको घरलाई क्षतिग्रस्त बनाएको छ भने रबि छेत्रीको घर पैह्रोमा झुण्डिएको अवस्थामा रहेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्।‌ उनले बताए अनुसार यस पैह्रोमा परेर यस वार्डमा तीनवटा घरलाई क्षति पुराएको छ। उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद, एसएओ सत्य थापा, सोनाम लामा आदिले गरेको र पैह्रो क्षेत्रमा 6-7 वटा पोलिथिनहरु बिछ्याउने कार्य गरिएको बताइएको छ। उक्त टोलीले पैह्रो ग्रस्त क्षेत्रको नापजोख गरेर मरमत्तिको तयार पारेको र यस पैह्रो विषयमा जीटीए प्रमुख अनित थापा र खरसाङ महकुमा शासकलाई पनि जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

क्यापका नेताहरूले मुख्य निर्वाचन अधिकृतसँग गरे बैठक

क्यापका नेताहरूले मुख्य निर्वाचन अधिकृतसँग गरे बैठक

क्यामेराको यात्रामा संघर्षले बलिवुडमा तिखारिएका निगम बम्जन

क्यामेराको यात्रामा संघर्षले बलिवुडमा तिखारिएका निगम बम्जन

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

आजको रोजाइ