Saregamapa Little Champs 2's victory rally in Rinchen's victory
Saregamapa Little Champs 2's victory rally in Rinchen's victory

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

Share this news

छिमेकी राष्ट्र सारेगामापा लिटल चेम्प्स सिजन–२ का विजेता रिन्छेन दोर्जे तामाङको सम्मानमा गीतडाब्लिङमा आयोजित विजय रैली उत्साहपूर्ण वातावरणका बीच भव्य रूपमा आयोजन गरिएको थियो। स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले पुरै क्षेत्र उत्सवमय बनेको थियो।
कार्यक्रममा गीतडाब्लिङ हाई स्कूल तथा सेन्ट जोसेफ स्कूलका विद्यार्थीहरूले उपस्थिति जनाएका थिए। यसैबीच, सेन्ट स्टेफन अकादमीका विद्यार्थीहरूले प्रस्तुत गरेको सुन्दर नृत्यले सबैको मन जित्यो र कार्यक्रमलाई झनै आकर्षक बनायो। कार्यक्रमको मुख्य आकर्षण भनेकै रिञ्छेन दोर्जे तामाङद्वारा प्रस्तुत गीतहर थिए, जसले दर्शकदीर्घालाई उत्साह, ताली र उल्लासले भरिदियो। र्‍यालीमा साथ दिइरहेको ब्यान्ड टोलीले निरन्तर बजाएको स्वागत धुनले वातावरणलाई अझै जीवन्त बनायो।
कार्यक्रममा रेभरेन्ड फादर फिलिक्स डिसुजाले रिञ्छेनलाई भोट र समर्थन दिई विजयी बनाइदिनु भएका सबै गीतडाब्लिङवासीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यो उपलब्धि समुदायकै गौरव भएको बताए। त्यस्तै, सन्तोष छेत्री र सुरेश क्षेत्रीले पनि सम्बोधन गर्दै रिञ्छेनको कडा मेहनत तथा प्रतिभाको प्रशंसा गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे। कार्यक्रमको अन्त्यमा शिक्षक भलेरियन लेप्चाले सबै विद्यालय, अभिभावक, स्थानीय समाज, सुरक्षा व्यवस्थापन तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै र्‍यालीले गीतडाब्लिङको सांस्कृतिक पहिचानलाई झनै चम्काएको बताए। यो विजयी रैली गीतडाब्लिङका लागि कला, संस्कृति र सामुदायिक एकताको सुन्दर उदाहरण बनेर स्मरणीय रहेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ