क्षेत्रीयबाद आईजीजेएफले मात्र बचाउन सक्छ:गोपाल परियार। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मतदाताहरूप्रति आभार जनाएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकर्ता तथा दार्जीलिङ नगरपालिकाको पूर्व चेयरमेन तथा वर्तमान निर्वाचित नगरपार्षद रितेश पोर्तेल अनि पार्टी केन्द्रीय कार्यकर्ता तथा निर्वाचित नगरपार्षद गोपाल परियारले पार्टीको पक्षबाट मतदाताहरूप्रति आभार जनाएको छ।गत केही दिन अघि सम्पन्न भएको विधानसभा चूनावमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ पहाडको तीनवटा आसनहरू लगायत तराईको आसनहरूमा पार्टी उम्मेदारहरू खडा गरेको थियो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वारहरूको पक्षमा मतदाताहरूले जे जति मत दिएका थिए,त्यसको निम्ति हामी आभारी छौ।पहाड अनि तराई क्षेत्रको मतदाताहरूले हामीमाथि ठूलो आस्था र भरोसा गरेर मतदान गरेको थियो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले क्षेत्रीयता बचाउँनलाई पहाड अनि तराईको आसनहरूमा उम्मेद्वार खडा गरेको थियो अनि क्षेत्रीयता बचाउँन मतदाताहरूले हामीमाथि आशा र भरोसा गरेर अजय एडवर्डसको भिजनलाई हेरेर जो मत दिएका छन् त्यसको निम्ति हामी अति नै आभारी रहेको गोपाल परियार र रितेश पोर्तेलले बताएका छन्।मतदाताहरूले हामीमाथि आशा र भरोसा गरेर जे जति मतहरू दिनु भएको छ त्यो हाम्रो निम्ति ठूलो हो अनि तपाईहरूले दिनु भएको मतको हामी सधैं कदर गर्ने छौ।बंगाल विधानसभा चुनावमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले क्षेत्रीयता बचाउँन एक्लो सिंगो चुनावी मैदानमा ओर्लिएका थिए अनि तपाईहरूले क्षेत्रीयताबादलाई बचाउँन जे जति मत दिनु भएको छ त्यसको हामी सधैं कदर गर्ने छौ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र क्षेत्रीयताबादलाई जोगाएर तथा बचाएर राख्न सक्छ।












