माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बु बहादुर गाउँमा पैह्राे पीडितहरूलाई ब्याङक इमप्लाेइज फेडरेसन अफ इण्डिया दार्जीलिङ कमिटिद्वारा थर्बु चियाकमान जमानसिंह गाउँ अनि चन्द्रमान गाउँका पैह्राे पीडितहरूलाई राहात सामग्री वितरण गरिएकाे छ। राहत सामग्रीमा तारपाेलिन, कम्बल अनि खाद्य सामग्री वितरण गरिएकाे किस्मत तामाङले जानकारी गराउँदै यसभन्दा अघि पनि ब्याङक इमप्लाेइज फेडरेसन अफ इण्डिया दार्जीलिङ कमिटिद्वरा थर्बु चियाकमानकाे विभिन्न गाउँ, सियाेक आदि ठाउँमा दुइचाेटी राहत सामग्री वितरण गरिसकेकाे बताए। तिनले हालसम्म माकपाका धेरै भातृ संगठनहरूले मिरिकमा पैह्राे पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरिसकेकाे जानकारी गराउँदै हामीले आवश्यकता अनुसार राहत सामग्री वितरण गर्ने कार्यलाई आज पर्यान्त याथवत राखेको बताए। स्मरण रहोस् मार्क्सवादी कम्युनिस्ट पार्टी भारतले पैह्राे गएको तुरून्तैपछिदेखि पीडितहरूलाई राहत सामग्री वितरण गर्ने प्रयास चलाइरहेको थियो। मानवताकोे नातामा यो पार्टीले पैह्राे पीडितहरूलाई राहत सामग्री वितरण गरेर प्रशन्सनीय कार्य गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।










