तक्लिंग-पेशोक विभिन्न गिर्जा घरहरुमा बडा दिन पालन 

Share this news

पेशोक:26 डिसेम्बर(निसं): बिहिबार  पेशोक चियाबारीको गिर्जा घर हिमालय क्रुसेड पेन्टीकोस्टल चर्चमा मुक्तिदाता परम प्रभु परमेश्वर येशु ख्रीष्टको जन्म दिन अर्थात बडा दिन भव्यताको साथ पालन गरिएको छ। हरेक बर्ष पालन गरिने बड़ा दिन कार्यक्रमको सुअवसरमा चर्चा अधीनस्थ सम्पूर्ण विश्वासीहरु लगायत ईसाई अगुवाजन साथै अन्य अईसाई समुदायका व्यक्ति विशेषहरुको पनि उपस्थिति हुने गरिएको उक्त कार्यक्रममा आज पनि विश्वासीजनको साथमा अइसाईजनको उपस्थिति रहेको थियो।
हिमालय क्रुसेड पेन्टीकोस्ट्ल चर्च  मंडली सचिव फिलिप तामाङले स्वागत वा शुरुको प्रार्थना गरेको आजको विशेष बड़ादिनको कार्यक्रमलाई विकास राईले सञ्चालन गरेका थिए भने एचसीपीसी-का युवा समूहद्वारा क्याऱल गीतहरु,आराधना, विवेक घिमिरे एवं साथीहरुबाट भजन साथै सण्डे स्कूलका नानीहरुबाट सुन्दर प्रस्तुती गरिएको थियो। कार्यक्रमको अघिल्लो चरणमा चर्चाका पास्टर रोशन राईले क्रिसमस सन्देश प्रस्तुत गरे। बड़ा दिन वा क्रिशमसको केक शान थामी अनि धीरज राईको बाहुलीबाट काटियो। साथै ससाना नानीहरुलाई उपहार प्रदान गरिनुका साथै एल्डर एमबी गुरुङले अन्तिम प्रार्थना गरे भने पास्टरनी आमा मिक्सन राईले धन्यवाद ज्ञापन गरिन् ।
यसरी नै मंगवा पास्टोरेट-1 अन्तर्गत छोटा मङ्गवाको सीएनआई चर्चामा  पनि इसाई विधान अन्तर्गत बड़ा दिन भव्यताको साथ पालन गर्दै क्रिशमस केक काटेर पालन गरिएको सोनाम सादाले जनाएका छन ।  यसरी नै कोलबुङ, तक्लिङ; बड़ा मङ्गवा ,पेशोक एघार माईल अनि लामाहट्टाको प्रेस बेटरियन चर्च , पेशोक चपलेटी, लप्चू टुट्टीहट्टा, ग्लेनबर्न, टिस्टा बजार आदि स्थानहरुका गिर्जा घरहरुमा पनि भव्यताको साथ बड़ादिन वा क्रिशमस पालन गरिएको थाहा लागेको छl

Share this news
आजको रोजाइ
अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन

मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन

Oplus_131072

डीइडीसीले सड़कदेखि न्यायपालिकासम्म संघर्ष गर्ने 

IGMC अस्पताल डा.-रोगी झगडा: डा. निष्काषित, दुवै पक्ष दोषी ठहर

IGMC अस्पताल डा.-रोगी झगडा: डा. निष्काषित, दुवै पक्ष दोषी ठहर

रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ 

रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ 

वार्ड सदस्य दोर्जे तामाङ प्रजातान्त्रिक मोर्चाबाट निष्कासित  

वार्ड सदस्य दोर्जे तामाङ प्रजातान्त्रिक मोर्चाबाट निष्कासित  

क्रिशमसको अवसरमा राजेश अनि पारसको रोगीहरुसित भेट

क्रिशमसको अवसरमा राजेश अनि पारसको रोगीहरुसित भेट