Sukriti Rajyalaksmi Election win Australia
Sukriti Rajyalaksmi Election win Australia

अस्ट्रेलियाको स्थानीय निर्वाचन जितेकी सुकीर्ति राज्यलक्ष्मी भट्टको सुकीर्ति

Share this news

सुकीर्ति राज्यलक्ष्मी भट्ट सन् २००२ मा १२ कक्षा पूरा गरेपछि अस्ट्रेलियाको मेलवर्न अध्ययनका लागि गइन्। त्यहाँ उनले ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयमा स्नातक अध्ययन सुरु गरिन् र सन् २००५ मा सिड्नी सरिन्। धनगढीका देवेन्द्र भट्टसँग विवाह गरी सिड्नीमै स्थायी बसोबास गर्न थालिन्।

सुरुमा दुई वर्षमै नेपाल फर्किने योजना भए पनि परिस्थितिले उनको बसाइ लम्बियो। पढाइ सकिएपछि उनले ‘कमनवेल्थ बैंक’ मा काम सुरु गरिन् र परिवार तथा बच्चाको हेरचाह पनि गर्नुपर्‍यो।
सन् २००९ मा उनी ‘अस्ट्रेलियन हेल्थ प्राक्टिस्नर रेगुलेसन एजेन्सी (आप्रा)’ मा प्रवेश गरी शिक्षा नियमन क्षेत्रमा काम गर्न थालिन्, जहाँ उनी अहिले पनि कार्यरत छिन्।
सामाजिक गतिविधिमा सक्रिय हुँदै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सहभागिता जनाइन्। यस अनुभवले उनलाई नेतृत्व र समुदायसँगको सम्बन्ध बलियो बनाउन मद्दत गर्‍यो। पछि उनी अस्ट्रेलियन लेबर पार्टीमा आबद्ध भई स्थानीय राजनीतिमा प्रवेश गरिन्।

सन् २०२४को अक्टोबरमा न्यु साउथवेल्सको बरवुड काउन्सिलमा उनी काउन्सिलर पदमा निर्वाचित भइन्, जहाँ नेपाली समुदायको उल्लेखनीय उपस्थिति छ।
उनका अनुसार काउन्सिलरको काम स्थानीय जनजीवन सहज बनाउनु र बहुसांस्कृतिकता प्रवर्द्धन गर्नु हो। उनले चुनाव जित्न परिवार, पार्टी र समुदायको सहयोग महत्वपूर्ण रहेको बताइन्।
अस्ट्रेलियामा निर्वाचन प्रक्रिया नेपालभन्दा कम खर्चिलो रहेको उनको अनुभव छ। उनी हाल आफ्नो कार्यकाल सफल बनाउन केन्द्रित छिन् र भविष्यबारे पछि सोच्ने बताउँछिन्।

Share this news
आजको रोजाइ
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

आजको रोजाइ