पंखाबारी, (निसं): सन्त मेरिज तीन ग्राम पञ्चायतको आयोजनामा ग्राम पञ्चायत कार्यालयमा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा शिशु सुरक्षा एवम् तिनीहरूको देखरेख सम्बन्धी विशेष जानकारी गराउँदै शिशुहरूको सुरक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकतामाथि जोड दिइयो। ग्राम पञ्चायत सचिव संगीता तामाङले सञ्चालन गरेको कार्यक्रममा सन्तमेरिज तीन ग्राम पञ्चायतका सम्पूर्ण आशाकर्मी,आँगनबाडी कर्मीहरू, एएनएम, पञ्चायत सदस्यहरू साथै आईसीडीएस सुपरभाइजर ज्योति राई, खरसाङ खण्ड बीडब्ल्यूओ याञ्जी भूटिया, जिल्ला डीसीपीयु फूर्बा शेर्पा आदिको उपस्थिति रहेको थियो भनी मान्ती सुनारले जानकारी दिएकी छन्।
