अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

Share this news

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड 20 अगस्त नेपाली भाषा मान्यता दिवसको दिनसम्म लगाउन पर्ने अपिल गर्दै माईकिङ गरेको थियो। युवा शक्तिको अपिलपछि खरसाङ शहरको धेरै दोकान, पाट, व्यापारिक प्रतिष्ठानमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य भएको थियो। कतिपय दोकान, व्यापारिक प्रतिष्ठानले प्लास्टिको ब्यानर र पामप्लेटमा भए पनि नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य गरेका थिए। खरसाङ बजारमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन छुटेका कतिपय दोकान, पाट, व्यापारिक प्रतिष्ठानमा सोमवार गरिएको नगरपालिकाको अपिलपछि बोर्ड लगाने कार्य भएको पाइएको छ। छोटो समयमा साईन बोर्ड बनाउने असमर्थ बनेपछि कतिपयले पामप्लेट, ब्यानर बनाएर भएपछि नेपाली भाषामा लेखिएको बोर्ड लगाउने कार्य गरेका छन्‌‍। तथापि अझ पनि यस्ता धेरै सरकारी, गैरसरकारी कार्यालय, दोकान, पाट, व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थानहरू छन्‌‍ जसले नेपाली भाषामा लाखिएको साईन बोर्ड लगाएका छैनन्‌‍ अनि 20 अगस्त नेपाली भाषा मान्यता दिवसको दिनसम्म लगाइ सक्ने सम्भावना पनि देखिएको छैन। यस्ता कार्यालयका अधिकृत, दोकान अनि व्यापारिक प्रतिष्ठानका मालिकहरूसित जान्न चाहादा बोर्ड लगाउनको निम्ति कार्य गरिरहेको बताएका छन्‌‍। नेपाली भाषामा साईन बोर्ड लगाउने कार्यलाई कसैले पनि नकारेका छैनन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न