schools in the mountains will be closed indefinitely

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

Share this news

संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन केन्द्रिय समितिका महासचिव सन्तोस खडकाले प्रेस विज्ञप्ति जारी गरेका छन्,गत २५ वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन। तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? २५ वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जीलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे । यो २५ वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयंसेवी शिक्षक/शिक्षिकाहरूले नै गरेका छन्। दार्जीलिङ पहाड़मा २००२ सालदेखि नै स्वयंसेवी शिक्षक शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो । यो शिक्षक/शिक्षिकाहरूको भूल होइन तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो । यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छन्। यसको सजाय शिक्षक/शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।
कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जीलिङ पहाड़को अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक/शिक्षिकाहरूसितै स्वयँसेवी शिक्षक/शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जीलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक/शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सगंठनले सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।
आन्दोलनको पहिलो चरणमा भोलिदेखि दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ या त विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले संगठनको आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सगंठन रहने छैन।
अर्कोतिर सयुंक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिका उप- सभापति विवेक छेत्रीले पनि प्रेस विज्ञप्ति जारी गरेका छन्, जसमा प्रशासनिक भूलको सजाय शिक्षकहरूले पाउनु हुँदैन भन्दै सयुंक्त माध्यमिक शिक्षक संगठनले गरयो आन्दोलनको घोषणा गरेका छन्। भोलिदेखि पहाड़का सम्पूर्ण विद्यालयहरू बन्द राख्ने अपील
गत २५ वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन। तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? २५ वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जीलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे । यो २५ वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयँसेवी शिक्षक/शिक्षिकाहरूले नै गरेका छन्।
दार्जीलिङ पहाड़मा २००२ सालदेखि नै स्वयँसेवी शिक्षक शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो । यो शिक्षक/शिक्षिकाहरूको भूल होइन तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो । यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छन् । यसको सजाय शिक्षक/शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।
कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जीलिङ पहाड़को अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक/शिक्षिकाहरूसितै स्वयँसेवी शिक्षक/शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जीलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक/शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सगंठनले सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।
आन्दोलनको पहिलो चरणमा भोलिदेखि दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ या त विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले संगठनको आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सगंठन रहने छैन।


Share this news
आजको रोजाइ
पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

आजको रोजाइ