Saregamapa Little Champs 2's victory rally in Rinchen's victory

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

Share this news

छिमेकी राष्ट्र सारेगामापा लिटल चेम्प्स सिजन–२ का विजेता रिन्छेन दोर्जे तामाङको सम्मानमा गीतडाब्लिङमा आयोजित विजय रैली उत्साहपूर्ण वातावरणका बीच भव्य रूपमा आयोजन गरिएको थियो। स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले पुरै क्षेत्र उत्सवमय बनेको थियो।
कार्यक्रममा गीतडाब्लिङ हाई स्कूल तथा सेन्ट जोसेफ स्कूलका विद्यार्थीहरूले उपस्थिति जनाएका थिए। यसैबीच, सेन्ट स्टेफन अकादमीका विद्यार्थीहरूले प्रस्तुत गरेको सुन्दर नृत्यले सबैको मन जित्यो र कार्यक्रमलाई झनै आकर्षक बनायो। कार्यक्रमको मुख्य आकर्षण भनेकै रिञ्छेन दोर्जे तामाङद्वारा प्रस्तुत गीतहर थिए, जसले दर्शकदीर्घालाई उत्साह, ताली र उल्लासले भरिदियो। र्‍यालीमा साथ दिइरहेको ब्यान्ड टोलीले निरन्तर बजाएको स्वागत धुनले वातावरणलाई अझै जीवन्त बनायो।
कार्यक्रममा रेभरेन्ड फादर फिलिक्स डिसुजाले रिञ्छेनलाई भोट र समर्थन दिई विजयी बनाइदिनु भएका सबै गीतडाब्लिङवासीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यो उपलब्धि समुदायकै गौरव भएको बताए। त्यस्तै, सन्तोष छेत्री र सुरेश क्षेत्रीले पनि सम्बोधन गर्दै रिञ्छेनको कडा मेहनत तथा प्रतिभाको प्रशंसा गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे। कार्यक्रमको अन्त्यमा शिक्षक भलेरियन लेप्चाले सबै विद्यालय, अभिभावक, स्थानीय समाज, सुरक्षा व्यवस्थापन तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै र्‍यालीले गीतडाब्लिङको सांस्कृतिक पहिचानलाई झनै चम्काएको बताए। यो विजयी रैली गीतडाब्लिङका लागि कला, संस्कृति र सामुदायिक एकताको सुन्दर उदाहरण बनेर स्मरणीय रहेको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

क्यापका नेताहरूले मुख्य निर्वाचन अधिकृतसँग गरे बैठक

क्यापका नेताहरूले मुख्य निर्वाचन अधिकृतसँग गरे बैठक

आजको रोजाइ