सलमानको ‘मातृभूमि’ नाम परिवर्तनपछि पनि सेन्सरले स्वीकृति रोक्यो

Share this news

बलिउड अभिनेता Salman Khan अभिनीत बहुप्रतीक्षित युद्ध–आधारित फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ फेरि एकपटक प्रदर्शनअघि नयाँ अवरोधमा परेको छ। यसअघि ‘ब्याटल अफ गलवान’ नाममा निर्माण गरिएको फिल्मको शीर्षक परिवर्तन गरिए पनि भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (CBFC) ले हालसम्म प्रदर्शन अनुमति (क्लियरेन्स सर्टिफिकेट) जारी नगरेपछि फिल्मको प्रदर्शन मिति अन्योलमा परेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मलाई लिएर उठेका संवेदनशील विषय र थप समीक्षा आवश्यक परेको भन्दै सीबीएफसीले हालका लागि स्वीकृति रोकेको हो। यसका कारण अगस्टमा प्रदर्शनगर्ने निर्माताको योजनासमेत प्रभावितहुने सम्भावना देखिएको छ। यो फिल्म सन् २०२० मा भारत–चीनबीच भएको गलवान उपत्यका सैन्य झडपको पृष्ठभूमिमा आधारित छ। विवाद कम गर्ने उद्देश्यले निर्माताले फिल्मको शीर्षक ‘ब्याटल अफ गलवान’ बाट परिवर्तन गरी ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ राखेका थिए। यसअघि फिल्मका केही दृश्यमा पुनः छायांकन (रिसुट) समेत गरिएको थियो। यसैबीच, पछिल्लो घटनाक्रमपछि Salman Khan Films ले सार्वजनिक विज्ञप्ति जारी गर्दै फिल्म अझै सीबीएफसीमा औपचारिक रूपमा पेश नगरिएको र प्रमाणन रोकिएको भन्ने समाचारहरू भ्रामक तथा आधारहीन रहेको दाबी गरेको छ। निर्माण कम्पनीले अपुष्ट समाचार नफैलाउन सञ्चारमाध्यम र दर्शकलाई आग्रह पनि गरेको छ। फिल्मको नयाँ प्रदर्शन मिति भने अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरिएको छैन। प्रमाणन प्रक्रियापछि मात्रै प्रदर्शन तालिका सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
एआई फर ग्लोबल समिटमा सहभागी विद्यार्थीहरूद्वारा सञ्चारमन्त्रीसँग भेट

एआई फर ग्लोबल समिटमा सहभागी विद्यार्थीहरूद्वारा सञ्चारमन्त्रीसँग भेट

सलमानको ‘मातृभूमि’ नाम परिवर्तनपछि पनि सेन्सरले स्वीकृति रोक्यो

सलमानको ‘मातृभूमि’ नाम परिवर्तनपछि पनि सेन्सरले स्वीकृति रोक्यो

फुलबारीमा खुला झ्यालबाट फोन चोरी; दुई घरबाट तीन फोन हरायो

फुलबारीमा खुला झ्यालबाट फोन चोरी; दुई घरबाट तीन फोन हरायो

सैयद अता हसनैन र पबित्रा मार्गेरिटाले भारतबाट खामेइनीको अन्त्येष्टिमा भाग लिए

सैयद अता हसनैन र पबित्रा मार्गेरिटाले भारतबाट खामेइनीको अन्त्येष्टिमा भाग लिए

विद्युतीय सवारीसाधनको सुरक्षार्थ सातवटा मोबाइल एप ब्लक गर्न निर्देशन

विद्युतीय सवारीसाधनको सुरक्षार्थ सातवटा मोबाइल एप ब्लक गर्न निर्देशन

अभिलेख अद्यावधिक नगरिएकोमा निर्वाचन आयुक्तकहाँ प्रतिनिधित्व

अभिलेख अद्यावधिक नगरिएकोमा निर्वाचन आयुक्तकहाँ प्रतिनिधित्व

बंगाल खाडीमा न्यून चापीय क्षेत्र सक्रिय, कोलकाता,द.बं.मा ठूलो वर्षा हुने

बंगाल खाडीमा न्यून चापीय क्षेत्र सक्रिय, कोलकाता,द.बं.मा ठूलो वर्षा हुने

बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध दुई उपचार विधिको क्लिनिकल परीक्षण शुरू

बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध दुई उपचार विधिको क्लिनिकल परीक्षण शुरू

‘जस्ट एन्ड टी म्यारीड!’: टेलर स्विफ्ट र ट्राभिस केल्सेले न्यूयोर्कमा विवाह गरे

‘जस्ट एन्ड टी म्यारीड!’: टेलर स्विफ्ट र ट्राभिस केल्सेले न्यूयोर्कमा विवाह गरे

अमेरिकामा गर्मीको लहरले जुलाई ४ का कार्यक्रमहरूमा बाधा पुर्‍यायो

अमेरिकामा गर्मीको लहरले जुलाई ४ का कार्यक्रमहरूमा बाधा पुर्‍यायो

आजको रोजाइ