रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

Authored By: subash

Share this news

खरसाङ खण्डको रोहिणी क्षेत्र त्यसै पनि पर्यटकीय दृष्टिकोणले खुबै सुन्दर ठाउँ हो। यहाँको भौगोलिक क्षेत्र प्रायः नै सुन्दर छन्‌‍। यहाँको मुख्य आर्कषणको केन्द्रविन्दु दागोपापको समयमा निर्माण गरिएको झील, देवी मन्दिर लगायत यहाँका नागबेली बाटोहरू हुन्‌‍। अझ यहाँको गिद्ध पहाड़ नजिकदेखि रोहिणीसम्म पुग्ने रोपवे निर्माण कार्य समाप्त भए यहाँ स्थानीयदेखि लिएर देशी तथा विदेशी पर्यटकहरूको आगमनमा धेरै वृद्धि हुने थियो। त्यस्तै यहाँको एउटा सुन्दर अनि मनोरम दृश्य हो रोहिणी कोठी डाँडा अर्थात्‌‍ गोलपाठ डाँडाको हरियाली चियाबारीको दृश्य।

यस ठाउँलाई स्थानीय एक सामाजिक कार्यकर्ता तथा शिक्षक सुन्दर राईले मिनी कन्याम भनेर नाम दिएका छन्‌‍। हुन पनि यो ठाउँ साँच्चै नै इलामको प्रसिद्ध पर्यटकीय स्थल कन्याम जस्तै देखिन्छ। यहाँको सुन्दर चियाबारीको सुन्दर वातावरण तथा कुहिरोसँगग लुकामारी खेल्ने डाँड़ा भएकाले यस ठाउँलाई उनले मिनी कन्यामको नाम दिएको राईले बताएका छन्‌‍। उनी भन्छन्‌‍- रोहिणी कोठी डाँड़ा उर्फ गोलपाठ डाँडा ओझेलमा परेको समयमा मैले यसको प्राकृतिक सौन्दर्यलाई पहिचान गरे अनि यो क्षेत्रलाई इलामको कन्यामसँग तुलना गर्ने धृष्टता गर्दै मिनी कन्याम नाम दिएर सामाजिक सञ्जालमा औ स्थानीय स्तरमा प्रचार प्रसारको शुरुवात गरेको थिएँ।

राईले स्थानको नाम दिने मात्र मात्र नभएर स्थानीय स्तरमा पर्यटन विकास, वातावरण संरक्षण र सर सफाई अभियानहरुमा निरन्तर लागि रहेका छन्‌‍। उनी अनुसार जबदेखि उनले यस स्थानको नाम मिनी कन्याम भनेर नाम दिए, तबदेखि विस्तारै यस क्षेत्र सोही नामले प्रचलित बन्दै गइरहेछ औ यहाँ पर्यटकहरूको आगमनमा पनि निक्कै वृद्धि भइरहेको छ। अझ यस स्थानलाई विभागीय क्षेत्रबाट थप सुन्दरीकरण गरिए औ आगन्तुकहरूको सुविधा हेतु केही संरचनाहरू निर्माण गरिदिए पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने औ क्षेत्रको विकास पनि हुने राईले जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
Incessant rains wash away snow pipes, disrupting transportation in remote villages of Geetdabling

अविरल वर्षाले बगायो हिम पाइप, गीतडाब्लिङका दुर्गम गाउँको यातायात ठप्प

हिल वुमन फुटबल लीग 2026 तेस्रो खेल सन्त फिलोमिना स्कूलले जित्यो

हिल वुमन फुटबल लीग 2026 तेस्रो खेल सन्त फिलोमिना स्कूलले जित्यो

रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

Footpath cleaning campaign for the convenience of students and locals.

विद्यार्थी र स्थानीयको सुविधाका लागि फुटपात सरसफाइ अभियान

खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

आजको रोजाइ