विद्यार्थी र स्थानीयको सुविधाका लागि फुटपात सरसफाइ अभियान

Authored By: यौवन मोथे

Share this news

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नासे एकता परिवारले “आफ्नो गाउँ आफैँ बनाऔँ” भन्ने मूल नाराका साथ फुटपात सरसफाइ अभियान सञ्चालन गरेको छ। वर्षायाममा पैदलयात्री, विशेषगरी विद्यालय जाने–आउने विद्यार्थीहरूलाई सहज आवतजावत गराउने उद्देश्यले आयोजित यस अभियानमा संगठनका धेरै सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

अभियानका क्रममा फुटपातमा उम्रिएका झारपात हटाउनुका साथै फुटपातको दुवैतर्फ जमेको फोहोर र अवरोधहरू सफा गरिएको थियो। वर्षाको समयमा पानी जम्ने, चिप्लिने तथा पैदलयात्रीलाई हिँडडुलमा समस्या हुने अवस्थालाई मध्यनजर गर्दै सरसफाइ गरिएको संगठनले जनाएको छ।

नासे एकता परिवारका मूलसचिव अजय लाबरका अनुसार, संगठनले केवल सरसफाइमा मात्र सीमित नभई प्रत्येक महिनामा कम्तीमा एउटा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। सोही कार्यक्रमअन्तर्गत यसपटक फुटपात सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए।

उनले भने, “वर्षायाममा विद्यार्थी, ज्येष्ठ नागरिक तथा गाउँलेहरूलाई सुरक्षित र सहज रूपमा हिँडडुल गर्न सकून् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ। समाजका लागि सकारात्मक योगदान पुर्‍याउने कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनेछौँ।”

स्थानीयवासीहरूले पनि नासे एकता परिवारको यस पहलको प्रशंसा गर्दै यस्ता सामाजिक अभियानले समुदायमा सरसफाइप्रति सचेतना बढाउनुका साथै सामूहिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

संगठनले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण तथा अन्य सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै समुदायसँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

Share this news
आजको रोजाइ
Incessant rains wash away snow pipes, disrupting transportation in remote villages of Geetdabling

अविरल वर्षाले बगायो हिम पाइप, गीतडाब्लिङका दुर्गम गाउँको यातायात ठप्प

हिल वुमन फुटबल लीग 2026 तेस्रो खेल सन्त फिलोमिना स्कूलले जित्यो

हिल वुमन फुटबल लीग 2026 तेस्रो खेल सन्त फिलोमिना स्कूलले जित्यो

रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

Footpath cleaning campaign for the convenience of students and locals.

विद्यार्थी र स्थानीयको सुविधाका लागि फुटपात सरसफाइ अभियान

खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

आजको रोजाइ