रोड नै चुडिए पछि

Share this news

पानीघट्टा, : ( निसं) रोड नै चुडिए पछि स्कुटी बाईक साथै दिनहुँ आउजाउ गर्ने गाडीहरू अहिले धेरै लामो रोड बेलगाछी भएर कुद्नु पर्ने बाध्यता बनेको छ। गत बुधबार परेको अविरल बर्षाको कारणले कटहरेदेखि खोप्रेल साथै भारत नेपाल सीमावर्ती क्षेत्र लोहागढसम्म जोडिएको रोड मंन्जा खोलाले आधा भाग नै बगाएर लगिदिएको छ। बुधबार पानी संग संगै मंन्जा खोलाको जलस्तर बडेर रोड  को आधा भाग नै बगाएर लगेको स्थानीय मानिसहरू बताउँछन्। कटहरे देखि केही माथि रहेको पुलको बर्षौदेखि जीर्ण अवस्था  छ भने पुल संगै जोडाएर जेसीभीले माटो हालेर मंन्जा खोलाको बगरमा अस्थायी रोड जीटीए बिभागबाट निर्माण गरेको थियो। बर्खाको समयमा गाडी घोडादेखि लिएर आम मानिसहरूलाई आउजाउ गर्न सुबिधा होस भनी अस्थायी रोड निर्माण गरेका थिए।उक्त रोडलाई ठूलो पानी पर्यो की  बर्षै पछि बगाएर लान्छ। तराई क्षेत्रका मानिसहरूले २००३ को ८ जुलाई देखि यो पुल र यसै रोडको स्थाई समाधान को मांग गर्दै आएका हुनू । तर यो रोड र यो पुल चुनाव को समयमा राजनीतिक नेताहरूको मागी खाने भाँडो मात्र भईरहेको पनि तराईको जनता बनाउँछ। गत बुधबार  परेको मुसलधारे पानीले रोड नै लाथालिङ्गै पारेर बगाए पछि अहिले पानीघट्टाको रोड भएर कटहरे हुँदै ख‍ोप्रेल नोला छोटाटिङलिङ पुटुङ र लोलागढ आउजाउ गर्ने सम्पूर्ण गाडीहरू बेलगाछीको रोड भएर कुद्नु पर्ने बाध्यता बनेको छ। सम्बन्धित निकायले यसलाई चाँडै स्थाई समाधान नगरे तराईको जनता सडकमा उत्रीएर बिरोध गर्ने बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न