दोषीहरु हाँसिरहेका थिए…!!!

Share this news

Radha Rasaily

 

 

 

पहाड़को टाकुरामा उभिएर संसार हेर्दैछु

चारैतिर घोर आतंक, खैला-बैला सुनें,

” मै हुँ” भन्दै धाक लाउँदै हिड़्नेहदोषीहरुरुले

सीधा-सोझोलाई हेपेको देखें,

वलात्कार, हत्या, निन्दा गर्नेहरुको

लामा ताँत देखें,

गरीबलाई धनीको हेपाइ पनि देखें

सकेनन् आवाज उठाउन

बिचरा ! गरीब !!!!!

आफ्नै टाउको समाती घोप्टो परयो

उसको पक्षमा बोलिदिने कोही छैन

सहँदै गयो.. सहँदै गयो

यो धनीको संसार, मै हुँ भन्नेको संसार,

गरीब त त्यसै मर्ने भयो,

इज्जत पनि धनीकै, नाम पनि उसकै

आज धनीको कुकुर बिमार भएछ,

गरीबले सोध्नपर्ने

“हजूरको कुकुरलाई कस्तो छ ?” भनेर।

त्यही गरीब बिमार भयो आज

धनीले सोधेन, हेरेन पनि

कस्तो समाज हो यो ?

हिज एउटा सुधो, निर्दोष मान्छे

व्यर्थै विवादमा परयो अरे

दोषीहरु झ्याऊँ-झ्याऊँ कराए,

निर्दोषको पक्षमा बोलिदिने कोही भएन

कानूनले पनि उसलाई नै दोषी ठहरायो,

आफ्नु ढल्न लागेको घरलाई हेरयो

परिवार उभिएका रहेछन् आंगनमा

“म दोषी छुइनँ” भनेर

तीन शब्द मात्र बोल्न पायो उसले

अवाक भयो परिवार

त्यसपछि ….

कानूनको हातकड़ीले ती हातहरु बाँधिए,

अनि….

बिस्तारै-बिस्तारै उसलाई लगियो

पछि फर्केर हेरयो उसले

परिवार रोइरहेको थियो,

आफुलाई निर्दोष पनि सावित गर्न सकेन उसले

दोषी नै ठहरियो आखिरमा उ,

कानूनको हात अघि बढ़्यो

हातकड़ी लगाइयो,

अब

बिस्तारै उसलाई त्यहाँबाट लगियो

पछि फर्केर हेरयो उसले

दोषीहरु हाँसिरहेका थिए,

उनीहरू रमाइरहेका थिए…..।।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न