टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

Share this news

खरसाङ, 20 दिसम्बर (निसं) खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 मा रहेको टेकबीर बस्तीमा प्री क्रिशमस उत्सव पालन गरियो। शनिवार सम्पन्न भएको उक्त कार्यक्रममा 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाको विशेष उपस्थिति रहेको थियो।

वार्ड नम्बर 2 को टेकबीर बस्तीमा विगत केही हप्ता अधिदेखि स्थानीय सचेत व्यक्तिहरूको प्रयासमा शनिबार गाउँले हाट लाग्ने गरेको छ। यस बस्तीमा, हिन्दु, बौद्ध, इसाई सबै मिलेर बसोबास गर्दै आइरहेका छन्‌‍। यहाँका मानिसहरूले यसरी सबै धर्म सम्प्रदायका पर्वहरू मिलेर एक साथ पालन गर्ने गरेका छन्‌‍। शनिवार लाग्ने हाट सञ्चालन समितिले यो प्री क्रिशमस कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पाको साथमा भागोप्रमो 28 न0 समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखियाको बाहुलीबाट केक काटेर सबैलाई वितरण गरिएको थियो। सभासद्‌‍ श्याम शेर्पाले यस प्री क्रिशमसको कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफैलाई भाग्यमानी ठानेको बताउदै सबैलाई क्रसमसको अग्रिम शुभेक्षा, शुभकामना दिए। हाट सञ्चालन समिति र गाउँवासीको एकताको पनि सभासद्ले प्रशंसा गरे अनि प्रभु यशूले सबैलाई शान्ति, करुणा र बलिदानको आशीष प्रदान गरुन्‌‍ भनी कामना रारे।

कार्यक्रममा विशेष हाट सञ्चालन समितिका प्रतिम तामाङ, प्रशान्त गुरुङ, युवा, नारी अनि भागोप्रमो टाउन कमिटीका सचिव वीरबल पाख्रीन उपस्थित थिए। यस अवसरमा नाच-गानको कार्यक्रम पनि सम्पन्न गरिएको थियो भनी भागोप्रमो समष्टि प्रसार प्रचार सदस्य रुपेश देवानले जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन 

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन