स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

Share this news

खरसाङ,  (मोहन प्रसाद): खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा विभिन्न खेलखुद एवं खेल प्रेमीहरूको सहयोगमा स्थापित भएको खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार स्टेडियमको निर्माण माथि जोर दिँदै खरसाङ बजारमा व्यापक पोस्टेरिङ गरियो।
यस अवधि पत्रकारहरूसित बोल्दै, निर्माण कमिटीका उपाध्यक्ष पूर्बा घिसिङले जनाए अनुसार, क्षेत्रका सबै खेल प्रेमीहरूको सहयोगमा खरसाङ स्टेडियम निर्माण कमिटीको गठन भएको हो भने यस दीर्घकालीन मागलाई संयुक्त रूपमा खरसाङ क्षेत्रका विभिन्न खेल प्रेमीहरू साथै जनसाधरणको सहयोगमा यस मागलाई अघि बढ़ाउँदै विभिन्न कार्य भइरहेको छ। हालैमा निर्माण कमिटीद्वारा खरसाङ्मा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरिएको थियो भने पछि उक्त मागमा शहरमा मानिसहरूलाई पर्चा वितरण गर्ने कार्य पनि भएको थियो। हस्ताक्षर अभियानमा खरसाङ्का जनताले व्यापक रुपमा हस्ताक्षर गरेर सहयोग गर्दै स्टेडियम निर्माणको मागलाई बल दिएका थिए। यस बाहेक सम्बन्धित अधिकारी साथै निकायहरूमा उक्त मागमाथि जोर दिँदै ज्ञापन पत्र सुम्पिने कार्य पनि अगावै भइसकेको भनी तिनले जनाए ।
त्यति मात्र होइन, उक्त मागमाथि थप बल दिँदै आगामी 27 दिसम्बरमा विराट ऱ्यालीको आयोजना पनि भइरहेको तिनले जनाए । तिनले यस र याली मा सबैको सहयोगको अपेक्षा पनि राखेको बताए। पोस्टर टाँस्ने कार्यमा खरसाङ स्टेडियम निर्माण समिति अध्यक्ष छिरिङ खाइबा, सचिव सुदीप राई लगायत अन्यान्य पदाधिकारी अनि सदस्यहरू सामेल रहेका थिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ