साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

Share this news

खरसाङ,  (निसं): साहित्यकार एवं समाजसेवी चन्द्र शर्माको बिहीवार अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्नलाई केही समय गोर्खा जनपुस्तकालयको टीएस गुरुङ मञ्चमा राखिएको थियो, जहाँ उनलाई खरसाङ क्षेत्रका वरिष्ठ साहित्यकारहरु, समाजसेवीहरु र अन्यले श्रध्दाञ्जली अर्पण गरेका थिए। यसावधि चन्द्र शर्मा विषयमा वरिष्ठ व्यक्तित्वहरुले श्रध्दाञ्जलीको शब्द अर्पण गर्दै वक्तव्य राखेका थिए। यस श्रध्दाञ्जली अर्पण कार्यक्रमलाई गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए।

खरसाङका वरिष्ठ साहित्यकार एंव समाजसेवी चन्द्र शर्माको बुधवार राती 8ः15 बजीतिर निधन भएको छ। उनको 78 वर्षको उमेरमा खरसाङ महकुमा अस्पतालको आईसीयुमा निधन भएको छ। उनी मधुमेह रोगले पीड़ित थिए भने गत शनिवार 13 दिसम्बरको दिन अस्पतालमा उपचारको लागि भर्ना भएका थिए।

साहित्यकार चन्द्र शर्माको भतिज नन्दन शर्माले जानकारी गराए अनुसार चन्द्र शर्मा विष्णुमाया शर्मा फाउण्डेशनको संस्थापक, शिवकुमार राई अकादमीको संस्थापक साथै सचिव, गोर्खा जनपुस्तकालय खरसाङका संरक्षक, साई समिति खरसाङ्को मुख्य सदस्य, आकाशवाणी खरसाङका समाचार वाचक पनि रहेका थिए। उनले विभिन्न पुस्तकहरु सम्पादनको कार्य गरेका छन्‌‍ भने विभिन्न भाषामा रहेका बहुमूल्य पुस्तकहरु पनि अनुवाद गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ