कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

Share this news

पश्चिम सिक्किम साहित्य परिषदले कविता विधामा कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 ले अलङ्करण गरिने भएको छ। उनको कविता “नारी हुनु घिन होइन”लाई सर्वोत्कृष्ट मानेर पुरस्कार अलङ्करण गरिने भएको छ। दक्षिण सिक्किमको जोरथाङमा आमा अनु परियार अनि बाबा बिनोद परियारको परिवारमा जन्मिएकी बुनुले विद्यार्थीकालदेखि नै कविता लेखनमा रुचि राख्दै आएकी छिन्। यसरी नै उनले गायनमा पनि उतिकै रुचि राख्छिन्। गीतका लागि उनी विश्वकर्मा सम्मान २०२४ द्वारा सम्मानित भइसकेकी छिन्। शिक्षामा ग्रजुएट गरिसकेकी बुनुले साहित्य र सङ्गीत मेरो जिउने आधार भएको बताउँछिन्। गायनकै सन्दर्भमा उनी “द भोइस अफ नेपाल सिजन ७ की प्रतियोगी” हुन्। यसै सन्दर्भमा वर्तमान उनी काठमान्डुमा गीतहरू रेकर्डिङ्ग गर्न व्यस्त छिन्। अहिले बुनुको आफ्नो तिनवटा गीत रेकर्ड भइसकेका छन्। त्यसमध्ये एउटा गीत “अरू कोही” मार्केटमा आइसकेको छ।

यसरी नै भव्य रूपले सिक्किममा सालैपछि लाग्ने माघे मेलाको थिम सङ्ग उनको स्वरमा रेकड भइसकेको छ। शब्द र सङ्गीत विशाल मुखियाको रहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोले तामाङको परी प्रकाशनको थिम सङ्ग पनि बुनु परियारकै स्वरमा रेकर्ड भइसकेको छ जसको शब्द वरिष्ठ साहित्यकार अनि शिक्षक सीपी भट्टाराई र सङ्गीत अति नै राम्रा गायक र शिक्षक डीके भन्डारीको रहेको छ।

धेरै वर्ष एउटा शिक्षिकाको रूपमा पनि काम गरेकी बुनुले अहिले सम्पूर्णरुपले संगीतमा समर्पित भएर यही यात्रालाई नै अगाडि बढाइरहेकी छिन्। कलाको क्षेत्रमा अघि बढ्नको लागि एउटा कलाकारलाई चाहिने दुईटै मात्र कुरा- पहिलो नम्रता अनि दोस्रो निरन्तरता दिने कुरामा विश्वास राख्ने बुनु परियारले आफ्नो सङ्गीतमा नै फोकस गरिरहेको छु अनि साहित्य र संगीतलाई सधैंभरि आफ्नो साथमा लिएर नै चल्ने बताएकी छिन्। किनकि बुनु परियारको अस्तित्व नै साहित्य र संगीत हो। भविष्य वर्तमान सधैंभरि साहित्य र संगीतलाई अघि बढाउँदै आफ्नो आउने भावि पुस्तालाई आफ्नो नेपाली साहित्य र संगीत बुझाउँदै यहीँबाटोमा अगाडि बढ्दै आफ्नो कला संस्कृतिलाई सधैँ सधै भरि जीवित राख्न उनी कटिवद्ध छिन्।

Share this news
आजको रोजाइ
भारतमा एप्पल म्याकबुक र आईप्याड मूल्य ७०% वृद्धि

भारतमा एप्पल म्याकबुक र आईप्याड मूल्य ७०% वृद्धि

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघद्वारा घोषणापत्र पारित

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघद्वारा घोषणापत्र पारित

ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

स्पेन उरुग्वेलाई २-१ले जितेर ‘एच’को शीर्षमा 

स्पेन उरुग्वेलाई २-१ले जितेर ‘एच’को शीर्षमा 

पर्यटन र रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न मोदी पुगे सेशेल्स

पर्यटन र रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न मोदी पुगे सेशेल्स

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

‘नैतिक प्रजनन स्वास्थ्य सेवाको सुरक्षा’ गर्न केन्द्रले IVF नियम बनायो कडा

‘नैतिक प्रजनन स्वास्थ्य सेवाको सुरक्षा’ गर्न केन्द्रले IVF नियम बनायो कडा

कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

आर्थिक साक्षरता: महिला सशक्तिकरणको आधार

आर्थिक साक्षरता: महिला सशक्तिकरणको आधार

DigiLocker देखि BHIM सम्म: सबै भारतीयलाई चाहिने ५ सरकारी एपहरू

DigiLocker देखि BHIM सम्म: सबै भारतीयलाई चाहिने ५ सरकारी एपहरू

आजको रोजाइ