ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

Share this news

वैज्ञानिकहरूको नयाँ अनुसन्धानले ब्रह्माण्ड अझै पनि तीव्र गतिमा विस्तार भइरहेको पुष्टि गरेको छ। यसले गत वर्ष सार्वजनिक भएको, ब्रह्माण्डको विस्तारको गति सुस्त हुँदै गएको दाबी गर्ने अध्ययनलाई चुनौती दिएको छ। इङ्ग्ल्यान्डस्थित साउथह्याम्प्टन विश्वविद्यालयका खगोलभौतिकशास्त्री ब्रोडी पोपोभिकको नेतृत्वमा गरिएको अध्ययन मन्थली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी जर्नलमा प्रकाशित भएको हो। अनुसन्धानमा सन् २०११ का दुई नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू पनि सहभागी थिए। अनुसन्धान टोलीले टाइप–१ए सुपरनोभा (विशेष प्रकारका तारकीय विस्फोट) सम्बन्धी दुई फरक डाटासेटको विश्लेषण गर्दै ब्रह्माण्डीय दूरी तथा विस्तारको दर पुनः मापन गरेको थियो। वैज्ञानिकहरूका अनुसार यी सुपरनोभाहरूको उज्यालोपन लगभग समान हुने भएकाले तिनलाई ब्रह्माण्डको दूरी नाप्ने भरपर्दो माध्यम मानिन्छ सन् १९९८ मा वैज्ञानिकहरूले पहिलो पटक ब्रह्माण्डको विस्तार तीव्र गतिमा भइरहेको पत्ता लगाएका थिए। त्यसयता यसको मुख्य कारण रहस्यमय डार्क एनर्जी (अदृश्य ऊर्जा) लाई मानिँदै आएको छ। हालको अनुमानअनुसार ब्रह्माण्डको करिब ६८ प्रतिशत भाग डार्क एनर्जी, २७ प्रतिशत डार्क म्याटर र केवल ५ प्रतिशत सामान्य पदार्थले बनेको छ।

गत वर्ष प्रकाशित अर्को अध्ययनले डार्क एनर्जी कमजोर बन्दै गएको र ब्रह्माण्डको विस्तार अब तीव्र गतिमा नरहेको निष्कर्ष निकालेको थियो। तर नयाँ अध्ययनले त्यस दाबीलाई समर्थन गर्ने कुनै प्रमाण फेला नपरेको जनाएको छ। अनुसन्धानमा सहभागी नोबेल विजेता वैज्ञानिक एडम रीसका अनुसार पछिल्लो एक दशकदेखि केही अनुसन्धानकर्ताले ताराहरूको उमेरका कारण सुपरनोभाको चमकमा प्रभाव पर्ने तर्क गर्दै आएका थिए। तर हालको अध्ययनले त्यस्तो तथाकथित “उमेर प्रभाव” को कुनै प्रमाण नदेखिएको जनाएको छ। यद्यपि डार्क एनर्जीको वास्तविक प्रकृति अझै रहस्यमै रहेको वैज्ञानिकहरूको भनाइ छ। चिलीस्थित भेरा रुबिन वेधशाला र आगामी न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप बाट प्राप्त हुने नयाँ तथ्यांकले यस रहस्यबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।मिब्रह्माण्डब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

Share this news
आजको रोजाइ
सिक्किम राज्य विज्ञान-प्रविधिद्वारा एआई उपकरण प्रयोगमाथि कार्यशाला

सिक्किम राज्य विज्ञान-प्रविधिद्वारा एआई उपकरण प्रयोगमाथि कार्यशाला

ओपनएआई भारत विस्तार नेतृत्व गर्न उबर इन्डियाका प्रभजीतको राजीनामा

ओपनएआई भारत विस्तार नेतृत्व गर्न उबर इन्डियाका प्रभजीतको राजीनामा

गोरामुमो अध्यक्ष घिसिङले जीटीए र सभासदमाथि गरेको भविष्यवाणी सत्य

गोरामुमो अध्यक्ष घिसिङले जीटीए र सभासदमाथि गरेको भविष्यवाणी सत्य

बर्फुङ एसडीएफ पार्टीका ३० घर पूर्ण हृदयले एसकेएम पार्टीमा सामेल

बर्फुङ एसडीएफ पार्टीका ३० घर पूर्ण हृदयले एसकेएम पार्टीमा सामेल

भारतमा एप्पल म्याकबुक र आईप्याड मूल्य ७०% वृद्धि

भारतमा एप्पल म्याकबुक र आईप्याड मूल्य ७०% वृद्धि

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघद्वारा घोषणापत्र पारित

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघद्वारा घोषणापत्र पारित

ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

स्पेन उरुग्वेलाई २-१ले जितेर ‘एच’को शीर्षमा 

स्पेन उरुग्वेलाई २-१ले जितेर ‘एच’को शीर्षमा 

पर्यटन र रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न मोदी पुगे सेशेल्स

पर्यटन र रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न मोदी पुगे सेशेल्स

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

आजको रोजाइ