भष्ट्राचार लुकाउन जीटीए बाधा रहेको बताउँदैछ यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको निर्वाचित सभासद रुबेनदास प्रधानको हो। जीटीए निर्वाचित भएको संस्था थियो। जीटीएमा भएको भष्ट्रचार, घोटाला आदि जस्ता विषयहरूको विरोधमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले काम गर्दै आएको थियो यी कार्यहरूदेखि बाँच्नलाई नियमलाई ताकमा राखेर राजीनामा दिने कार्य भएको छ। जीटीए सभासदको पदभारबाट राजीनामा दिएपछि अहिले जीटीए गोर्खाल्यान्डको लागि बाधा हो भन्दै हिँडिरहेका छन्। यदि जीटीए बाधा हो भने केन्द्र र राज्यमा भाजपाकै सरकार छ,पहाडको भाजपा गठबन्धन दलका साथीहरूले बंगाल विधानसभामा एउटा प्रस्ताव पारित गरेर जीटीए खारिज गर्ने क्षमता उनीहरूकै हातमा छ, केन्द्रमा पनि भाजपाकै सरकार छ तर भष्ट्रचारमा लिप्त रहेका एक जना व्यक्तिले नियम कानुनलाई ताकमा राखेर जीटीए सभामा आफ्नो विचार जाहेर नगरेर सामाजिक संजालहरूमा राजीनामा दिएको कुरा सार्वजनिक गर्नु उचित हो त ? अन्य सभासदहरूले पार्टी अध्यक्षलाई सभासदको पदभारबाट दिँदैछ के यो ठीक हो भन्दै प्रधानले प्रश्न तेर्साएका छन्। जीटीएमा प्रचुर भष्ट्राचार भएको छ अनि यो भष्ट्रचारदेखि बाँच्नलाई जीटीएलाई बाधा बताउँदै आइरहेको छ। तर आईजीजेएफले यस विषयलाई समर्थन गर्दैन, जीटीए चीफको कुर्सीमा बस्ने हाम्रो नेता पनि होइन अनि हाम्रो सिद्धान्त पनि मिल्दैन, विगत 4 वर्षदेखि हामी जीटीएमा विपक्षीमा बस्दै आएका छौं प्रधानले बताए। जीटीए सभामा आईजीजेएफको जो सभासदहरू छन् अनि त्यो सभासदहरूको संख्याले जीटीएको सत्ता कुर्सीमा बस्ने पनि मिल्दैन साथै हामीले जीटीएको कुर्सी हेरेको पनि छैनौं तर जीटीएको विषयमाथि हाम्रो स्पष्ट अडान छ,जीटीए सभा चुनावको माध्यमद्वारा गठन भएको हो त्यसकारण यस बारे कुनै पनि निर्णय लिनु पर्छ भने नियम,कानुन अनुरूपनै लिनु पर्थ्यो भन्ने हाम्रो अडान हो। जीटीए खारिज गर्न हो भने हाम्रो भन्दा धेर घटक दलका साथीहरूको जिम्मेवारी बन्छ।अर्को कुरा राज्य सरकारले भोलिको दिन जीटीएमा प्रशासक नियुक्त गर्छ भने त्यसलाई हामी स्वागत गर्छौ, बोर्ड प्रशासक गठन गर्छ भने त्यसलाई पनि हामी स्वागत गर्छौं, खारिज नै गर्छ भने त्यसलाई पनि हामी स्वागत नै जनाउने छौ तर जबसम्म यी विषयहरू बारे सरकारले आफ्नो अडान स्पष्ट गर्दैन तबसम्म हामी जीटीए सभासदको पदभारबाट राजीनामा किन दिनु? भन्दै प्रधानले प्रश्नमाथि प्रश्न तेर्साएका छन।जनताले आफ्नु बहुमूल्य भोट दिएर हामीलाई त्यहाँ पठाएको हो अनि हामी जिम्मेवारीको साथ विपक्षी बेन्चमा बसिरहेका थियौं। तर अजय एडवर्डस जीटीएको कुर्सीमा बस्दैन अनि उनले आफ्नो अडान पनि अघिबाटै स्पष्ट गरिसकेको छ।आईजीजेएफको 6 जना निर्वाचित सभासदहरू छन अनि हामी सबैको अडान एउटै छ जबसम्म जीटीए चल्छ तबसम्म जीटीए ठिकसंग चल्नु पर्छ भन्ने हाम्रो भनाई छ तर भष्ट्रचार, घोटाला आदि जस्ता विषयहरूदेखि बाँच्नलाई जातिको कुरा गर्नु उचित होइन अनि यस्ता कार्यहरूको हामी घुँडा धसेर विरोध गर्ने छौं। भोलिको दिनमा हामी जीटीएमा नरहेता पनि भष्ट्रचारको विरोधमा हामी अडिक भएर बस्ने छौ।हाम्रो भनाई स्पष्ट छ यदि जीटीए खारिज गर्न पर्छ भने नियम अनुरूप गर्न पर्छ भन्ने हाम्रो भनाई हो सभासद रुबेनदास प्रधानले बताए।












