पंखाबारी-लङ्भ्यु-आमबोटे समष्टिमा युवाहरु गोरामुमोमा प्रवेश

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत पंखाबारी–लङ्भ्यु आमबोटे समष्टिको लङ्भ्यु प्लेन लाइन शाखा कमिटीको एक महत्वपूर्ण सांगठनिक सभा समष्टि संयोजक बिरेन्द्र छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा ग्राम पन्चाय तसदस्य
दिपिका तामाङ, गोरानासं प्लेन लाईन सचिवा सृजना खवास, प्लेन लाईन शाखा संयोजक उर्गेन लामा उपस्थित रहेका थिए । एचपीडब्ल्यु लङ्भ्यु शाखा उपाध्यक्ष बादल राईका अनुसार सभामा शाखा कमिटीलाई अझ सशक्त, सक्रिय र जनमुखी बनाउने उद्देश्यका साथ प्रतिनिधिहरूबीच विस्तृत छलफल गरिएको थियो। संगठन विस्तारलाई प्राथमिकता दिँदै शाखा कमिटीमा थप नयाँ कार्यकारिणी सदस्यहरू चयन गरिएको छ।

सभाको विशेष आकर्षणका रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा का युवा सदस्यहरु सचिन घिसिङ र अरुणा घिसिङले गोरामुमोमा औपचारिक रूपमा प्रवेश गरेका छन्। समष्टि संयोजक बिरेन्द्र छेत्रीले उनीहरूलाई खादा ओढाएर पार्टीमा स्वागत गर्दै संगठनप्रति विश्वास व्यक्त गरेका थिए।

यस अवसरमा बोल्दै छेत्रीले गोरामुमोमा समर्थन र प्रवेश गर्ने क्रम निरन्तर बढिरहेको उल्लेख गर्दै भने, “हामीले कसैलाई कुनै प्रकारको लोभ–लालच देखाएर पार्टीमा ल्याएका छैनौं। गोरामुमोको सिद्धान्त, गोर्खा जातिको अधिकार र न्यायको पक्षमा पार्टीले निरन्तर गरिरहेको संघर्षबाट प्रभावित भएर नै मानिसहरू स्वेच्छाले गोरामुमोमा आबद्ध भइरहेका छन्।” उनले सम्पूर्ण गोर्खा समुदायलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गर्दै अब गोर्खा जातिको न्याय सुनिश्चित गर्ने समय आएको बताए। साथै आगामी दिनहरूमा पंखाबारी–लङ्भ्यु आमबोटे समष्टिका विभिन्न क्षेत्रबाट थप सदस्यहरू गोरामुमोमा आबद्ध हुने विश्वास व्यक्त गरे। संगठन सुदृढीकरण, नयाँ सदस्यहरूको आगमन तथा जनस्तरमा बढ्दो समर्थनले खर्साङ क्षेत्रमा गोरामुमोको गतिविधि थप सशक्त बन्दै गएको पार्टी स्रोतले जनाएको छ।

योभन्दा पहिला पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च अन्तर्गत रिम्बिक–लोधोमा समष्टिमा आफ्नो संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै नयाँ सदस्यहरूलाई पार्टीमा भित्र्याएको थियो। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार यस अभियानअन्तर्गत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) रिम्बिक–लोधोमा समष्टिका उपाध्यक्ष मणि कुमार राई सहित १६ घरपरिवार गोरामुमोमा औपचारिक रूपमा प्रवेश गरेका थिए। अप्पर छोटा हट्टा सार्वजनिक भवनमा भगिरथ राईको अध्यक्षतामा सम्पन्न संगठनात्मक तथा समर्थन कार्यक्रममा रिम्बिक–लोधोमा समष्टि अध्यक्ष पेम्बा भुटिया, दार्जीलिङ ब्राञ्च कमिटी सदस्य बी.बी. राई, समष्टि उपाध्यक्ष गोपाल राई, फेन्जेटार प्रशाखा सचिव खडक लिम्बू तथा स्थानीय बुद्धिजीवी एवं पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले गोरामुमोले गोर्खा जातिको स्थायी राजनीतिक अधिकार, अस्तित्व र उन्मुक्तिका लागि निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै पार्टी अध्यक्ष मन घिसिङको दूरदर्शी नेतृत्व, जातीय एकता र साझा उद्देश्यप्रतिको प्रतिबद्धताले धेरैलाई आकर्षित गरिरहेको बताए। यही विश्वासका आधारमा भागोप्रमो रिम्बिक–लोधोमा समष्टिका उपाध्यक्ष मणि कुमार राई, अप्पर छोटा हट्टा शाखा अध्यक्ष बिरेन्द्र राई लगायत १६ घरपरिवारले गोरामुमोको सदस्यता ग्रहण गरेका थिए।

नवनियुक्त सदस्यहरूलाई समष्टि नेतृत्वले खादा ओढाएर स्वागत गर्दै समष्टि अध्यक्ष पेम्बा भुटियाले अब सबैले एकताबद्ध भएर गोर्खा जातिको उन्नति र राजनीतिक अधिकारका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


Share this news
आजको रोजाइ
खरसाङमा भगवान जगन्नाथको रथयात्रा भक्तिभाव अनि उल्लासको साथमा

खरसाङमा भगवान जगन्नाथको रथयात्रा भक्तिभाव अनि उल्लासको साथमा

टाटा-एसपीमा टाटा सन्सको हिस्सा खुलाउने प्रयास, सेयर स्वाप विकल्पमा चर्चा

असहायहरूको सहारामा समर्पित मानवसेवी कार्यकर्ता

असहायहरूको सहारामा समर्पित मानवसेवी कार्यकर्ता

सर्वोच्च अदालतले भत्काइएका सम्पत्ति अवहेलनाको याचिका सारयो

सर्वोच्च अदालतले भत्काइएका सम्पत्ति अवहेलनाको याचिका सारयो

विवेक ओबेरोयको ३० कम्पनीमा लगानी, ३०० % सम्म प्रतिफल   

दोस्रो एकदिनेमा इङ्ग्ल्यान्ड भारतलाई ४ विकेटले हराई १-१को बराबरी

सोनामको पक्षमा कांग्रेस, जन्तरमन्तरमा विपक्षी नेताहरूको ऐक्यबद्धता

सोनामको पक्षमा कांग्रेस, जन्तरमन्तरमा विपक्षी नेताहरूको ऐक्यबद्धता

फिफाद्वारा विश्वकप फाइनल र तेस्रो स्थानको खेलका लागि म्याच अफिसियल घोषणा

बैंकिङ निर्णय लिने ढाँचाको लागि एआई सुरक्षासङ्ग आरबीआई

बैंकिङ निर्णय लिने ढाँचाको लागि एआई सुरक्षासङ्ग आरबीआई

टिष्टाभ्याली डीपी साइडमा भगवान श्री विष्णुको मन्दिर उद्घाटन

टिष्टाभ्याली डीपी साइडमा भगवान श्री विष्णुको मन्दिर उद्घाटन

आजको रोजाइ