हामी सबै धर्मलाई सम्मान गर्छौं, हाम्रो यो नेपालीपन संधै रही रहोस: अजय एडवर्डस तकदाह टिष्टा भ्याली समष्टिको डी पी साइडमा श्री श्री श्री भगवान विष्णु मन्दिरको विधिवत उद्घाटन सम्पन्न भयो। तकदाह टिष्टा भ्याली समष्टिको डी पी साइडको मानिसहरूले भगवान श्री श्री श्री विष्णुको मन्दिर निर्माण गर्ने योजना गर्दै आइरहेका थिए।भगवान श्री श्री श्री विष्णु मन्दिर निर्माणको लागि स्थानीय श्री दीपेन मुखियाका पिता श्रीमान मणिलाल मुखियाले जमीन दान गरेका थिए। मन्दिर निर्माण कार्यको निम्ति अजय एडवर्डस, सन्नी बम्जन, बेनहर राई लगायत स्थानीय मानिसहरूसंग संगै धेरै जना भक्तहरूले आर्थिक सहयोग पुराएका थिए। गत 14 जुलाईदेखि 16 जुलाईसम्म निरन्तर श्री विष्णु पुराणको साथ भगवान श्री विष्णुको मन्दिर उद्घाटन कार्य सम्पन्न भएको छ।
तीन दिवसीय श्री विष्णु महा पूराणको अन्तिम दिनमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस मन्दिरको दर्शन गर्न पुगेका थिए। उनीसंग उनकी धर्म पत्नी श्रीमती प्रिया एडवर्डस पनि साथमा रहेकी थिइन्। त्यसरी नै सभासद सन्नी बम्जन, समष्टि अध्यक्ष बेनहर राई, बन्दना राई आदि पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको साथ रहेका थिए। त्यस अवधि अजय एडवर्डसले मणिलाल मुखियाले मन्दिर निर्माणको लागि जमीन दान गरेर ठूलो सहयोग पुराएको तिनले बताए। उहाँले गरेको सहयोगको तुलनामा हामीले गरेको सहयोग सानो मात्र हो भन्ने बताए। हामी सबै मिलेर यो मन्दिरको निर्माण गर्न सफल भएका छौं।
दार्जीलिङ पहाडमा सबै जाति, धर्मका मानिसहरू एकबद्ध भएर बस्न सक्छन्। म एक जना ईसाई धर्मावलम्बी हुँ तर म मन्दिर, गुम्बा, गिर्जा घर सबैतिर जान्छु, सबैमा मेरो आस्था र भरोसा छ। त्यसरी नै हामी दार्जीलिङ पहाडमा बस्ने सबै जना मानिसहरूले सबै धर्मको सम्मान गर्छौ, एक जना ईसाई केटोले मन्दिरको निर्माण कार्यमा सहयोगको हात बढाई रहेको छ, एक जना हिन्दु लिडरले गिर्जा घर निर्माण गर्नमा सहयोग पुराई रहेको छ, दार्जीलिङ पहाडको यो एकता साथै गोर्खापन कहिले पनि लोप भएर नजावोस् भन्ने आईजीजेएफ संयोजक अजय एडवर्डसले ईश्वर समक्ष प्रार्थना गरेका थिए।








