पङ्खाबारी,4 जुलाई(निसं): धेरै समयको प्रतीक्षापछि तराईको पानीघट्टामा सार्वजनिक भवनको समस्या समाधान भएको छ। यहाँको पानीघट्टा बजारमा जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशमा साथै सभासद् परेश तिर्कीको अगुवाइमा बनिएको सार्वजनिक भवनको विधिवत् उद्घाटन बिहीवार गरियो। यस अवसरमा भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदालको विशेष उपस्थिति थियो भने उनकै सक्रिय पहलमा उक्त भवन निर्माण गरिएको बताइएको छ। त्यसबाहेक कार्यक्रममा स्थानीय पञ्चायत समिति सदस्य सचित गहतराज लगायत अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
