बहुउद्देश्यीय सहकारी संस्थाको मह उत्पादन सम्झौता

Share this news

दार्जीलिङ,29 नोभेम्बर(निसं):आईभी बहुउद्देश्यीय सहकारी संस्थाले सुरु  गरेको मह उत्पादन एकाईको ऐतिहासिक सम्झौता भएकोछ।दार्जिलिङ पहाडी क्षेत्रमा आईभी बहुउद्देश्यीय सहकारी संस्थाले मह उत्पादन एकाई सुरु गरेको छ।डीसीडीसीबी-ले पहाडका किसानहरुसँग कच्चा मह संकलन गरी यसलाई सहयोग गर्दै आएको थियो। दुई महिनाको प्रयासपछि आईभी र दुई अन्य मह उत्पादक प्राथमिक कृषि सहकारी संस्थाहरु मिनरल स्प्रिङ पीएससी र घैयाबारी अंचल पिएससी बीच सम्झौता भएको छ। सहकारी संस्थाले जानकारी गराए अनुसार,सहकारी संस्थाको सम्झौता कोलकाताबाट आएका राज्य नोडल अधिकारी र पीएमयु सेल-का प्रतिनिधिहरुको उपस्थितिमा भएको हो। कार्यक्रम डीसीडीसीबीका अध्यक्ष केशव राज पोख्रेलको अध्यक्षतामा सम्पन्न भयो। आजै पीएससी-हरुले सुरुवाती संकेतको रुपमा आईभीलाई लगभग 40 लिटर मह हस्तान्तरण गरेका छन्। यस वर्षको लक्ष्य एक हजार लिटर मह उपलब्ध गराउने रहेको छ। आईभी बहुउद्देश्यीय सहकारी संस्थाले पहिले नै दुबई जस्ता विदेशी बजारमा मह बिक्रीको अनुमति प्राप्त गरेको छ। यो पहल किसानहरुको सशक्तिकरण र स्थानीय युवाहरुलाई घरमा नै रोजगारी सिर्जना गर्ने ऐतिहासिक कदम हो। भविष्यमा थप पहलहरु अगाडि बढ्ने योजना छ,सहकारी संस्थाको दाबी छ।

Share this news
आजको रोजाइ
वर्तमानमा गोर्खा जातिमा छैटौँअनुसुची उम्केको माछा ठूलो भने झैं भएको छः गोरामुमो

वर्तमानमा गोर्खा जातिमा छैटौँअनुसुची उम्केको माछा ठूलो भने झैं भएको छः गोरामुमो

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन

खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

मन्टभियट रोडमा फोहोर-मैला थुप्रिने क्रम बढ़दैछ

मन्टभियट रोडमा फोहोर-मैला थुप्रिने क्रम बढ़दैछ

मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

डीएचआर रेलसेवामा थप क्षमताको दुईवटा डीजल इञ्जिन

डीएचआर रेलसेवामा थप क्षमताको दुईवटा डीजल इञ्जिन

फलाई राम्रो रहेकोले उत्साहित छन् सिविटारका सुन्तला कृषकहरू

फलाई राम्रो रहेकोले उत्साहित छन् सिविटारका सुन्तला कृषकहरू

अझ पनि बीएलओहरूले एसआईआरको फारम बुझाउने कार्य सिद्ध्याएका छैनन्

अझ पनि बीएलओहरूले एसआईआरको फारम बुझाउने कार्य सिद्ध्याएका छैनन्

शिक्षाविद कमलचन्द्र राईको निधन

शिक्षाविद कमलचन्द्र राईको निधन

आजको रोजाइ