मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

Share this news

खरसाङ,  (निसं)ः खरसाङको दुर्बिन डाँड़ालाई सुन्दरीकरण गरेर दागोपाप कालमा यसको नाम तत्कालिन दागोपाप चेयरम्यान सुवास घिसिङ इगल क्र्‌‍याग राखेका थिए। यस डाँड़ाको सुन्दरीकरण गरिएपछि यहाँ स्थानीय अनि विभिन्न स्थानमा धेरै मानिसहरू घुम्न आउन थालेका थिए। यसैको नजिक निर्माण गरिएको दुर्दशनको अग्लो टावरको कारण पनि यो स्थान मानिसहरूको नजरमा आएको हो भन्ने कतिपय मानिसहरूको मत छ।

दागोपाप कालमा दुर्बिन डाँड़ाको सुन्दरीकरण गरिएपछि घुम्नको निम्ति यो खरसाङ शहर नजिकको एउटा उपयुक्त र महत्वपूर्ण स्थान बने तापनि यहाँ रहेको विभिन्न कम्पनीका मोबाइल टावरहरूले भने यस स्थानको सुन्दतामा बाधा उत्पन्न गरेको देखिएको छ। यहाँको मोबाइल फोनको टावरहरूको बारेमा धेरै मानिसहरूको यस्तै मत पनि पाइएको छ। यस स्थानमा अहिले 5-6 वटा विभिन्न कम्पनीका मोबाइल टावरहरू छन्‌‍। ती टावरहरूको ठूलो ठूलो जेनेरेटर अनि अन्य मशिनहरू पनि यहाँ राखिएका छन्‌‍। यसैको छेउमा दुई वटा पानीको रिजर्भ ट्याङ्की रहेका छन्‌‍। त्यसपछि बाँचेको भागमा एउटा पार्क निर्माण गरिएको छ।

यस पार्कमा अहिले खरसाङ बजार, खरसाङदेखि बाहिरबाट आएका पर्यटकहरू पनि घुम्न आउने गरेका छन्‌‍। यहाँ घुम्न आउने कतिपय पर्यटकहरूले यहाँ रहेका मोबाइल फोन सेवाका टावरहरूको कारण यस स्थानको सुन्दरतामा निकै बाधा उत्पन्न भएको बताएका छन्‌‍। यस स्थानमा रहेका मोबाइल टावरहरूको कारण खरसाङ बजार तर्फको केही स्थान छलिएको पनि कतिपयले बताएका छन्‌‍।

डाउहिलबाट आफ्नो नानीहरू लिएर यो स्थान घुम्न आएका एक व्यक्तिले घुम्नलाई त्यस्तो भव्य र रमाइलो स्थान नभए तापनि यहाँ राखिएका पशु-पंक्षीका प्रतिकृतिहरूको कारण नानीहरूलाई रमाउने गरेको बताए। यस पार्कमा पस्नलाई 10 रुपियाँको टिकट काट्न पर्ने बताउदै, तिनले यहाँ रहेका मोबाइल फोन सेवाका टावरहरूले यस स्थानको सुन्दरतामा कमी आएको बताउदै यस स्थानमा टाउव नराखेर पार्कको जग्गा अझ बढ़ाइएको खण्डमा उचित रहने बताए। सिलगढ़ीबाट आएका एक तम्पतीले तिनीहरू यस स्थानमा समय समयमा आउने गरेको बताउदै आफ्नो नानी यहाँको सनसाईन स्कूलमा पढ़दै गरेकाले नानीलाई स्कूलमा छोड़न आएको समय यहाँ घुम्न आएको बताए। तिनीहरूले पनि यहाँको टावसहरू रहेको स्थानसम्म पार्क फैलिएको भए घुम्नलाई अझ राम्रो हुने बताउदै तथापि यहाँबाट देखिने सिलगढ़ी, बाघडुग्रा, नेपाली, टिस्टा नदी, पहाड़ र समतल मिलेको स्थान, घाम अस्ताउदाको दृश्य अति मन मोहक लाग्ने गरेको बताए।


Share this news
आजको रोजाइ
टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन 

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन