रिन्चेनपोङ निर्वाचन क्षेत्र अन्तर्गत रहेको सरकारी जुनियर हाई स्कूलद्वारा यस वर्ष आफ्नो प्लेटिनम जुबली पालन गरिरहेको छ। यसका लागि क्षेत्रका विधायक एरुङ तेन्जिङ लेप्चाले भव्य रूपमा प्लेटिनम जुबली मनाउन विद्यालयले तयारी गरिरहेको बेला १ लाख ७० हजार रुपैयाँ प्रदान गरेका छन्।